close

यस्तो बन्यो पोको ब्राण्डको नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?

टेकपाना टेकपाना

फागुन ६, २०७७ २१:०

यस्तो बन्यो पोको ब्राण्डको नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?

काठमाडौं । स्मार्टफोन ब्राण्ड पाेकाेले आफ्नो नयाँ लोगो र मस्कट सार्वजनिक गरेको छ । नयाँ लोगो र मस्कट सुरुवाती चरणमा भारतीय बजारमा निमार्ण हुने पाेकाे फोनमा प्रयोग हुनेछ ।

यसका साथै कम्पनीले नयाँ ट्यागलाइनको रुपमा ‘मेड अफ म्याड’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मस्कट इमोजी जस्तै रहेको छ, जुन नयाँ लोगोको एउटा अंश हो ।

सन् २०१८ मा साओमीको सब–ब्राण्डको रुपमा स्मार्टफोन बिक्री सुरु गरेको पाेकाेले ग्राहकलाई सहुलियत मूल्यमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । कम्पनीले गत वर्षदेखि साओमीबाट छुट्टिएर छुट्टै ब्राण्डको रुपमा सेवा सुरु गरेको थियाे ।

कम्पनी छुट्टै भएता पनि स्मार्टफोन उत्पादनका साथै हार्डवेयर भने पोकाेले हालसम्म साओमीकै प्रयोग गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१