close

भारतमा थ्रीजी सेवा बन्द गर्दै भोडाफोन आईडिया

टेकपाना टेकपाना

फागुन ६, २०७७ १८:५९

भारतमा थ्रीजी सेवा बन्द गर्दै भोडाफोन आईडिया

काठमाडौं । भारतको दूरसञ्चार कम्पनी भोडाफोन आईडिया (भीआई) ले यस वर्ष कयौं ठूला कदमहरु उठाउने तयारी गरेको छ । यसै शिलशिलामा कम्पनीले आगामी दिनमा थ्रीजी मोबाइल सेवा बन्द गर्ने निर्णय लिएको हो ।

प्रविधि सम्बन्धि साइट टेलिकमटकका अनुसार कम्पनीले अब आफ्ना सबै सेवाहरु फोरजी तथा फाइभजी नेटवर्कमा शिफ्ट गर्नेछ । कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ रविन्द्र टक्करले सन् २०२२ को अन्तिमसम्म भारतभर थ्रीजी सेवा बन्द गरिनेछ ।

रिपोर्ट अनुसार कम्पनीले चाँडै नै भारतमा फाइभजी सेवा सुरुवात गर्नेछ । कम्पनीले यो सुपर फास्ट नेटवर्कका लागि आवश्यक तयारी समेत सुरु गरिसकेको बताइएको छ ।

भारत सरकारले स्पेक्ट्रम लिलामी गरेपश्चात भीआईले भारतभर फाइभजी प्रविधि रोलआउट गर्ने योजना बनाएको छ । कम्पनीको भनाईमा भीआईले आफ्ना विद्यमान प्रिपेड तथा पोस्टपेड प्लानहरुमा मूल्य बढाउन सक्ने सम्भावना छ ।

सन् २०१९ मा सबैभन्दा पहिला भीआईले नै आफ्नो ट्यारिफ बढाएको थियो । आगामी दिनमा भारत सरकारले फाइभजी फ्रिक्वेन्सी लिलामी गर्नेछ ।

स्पेक्ट्रम लिलामीका लागि सुरुवाती मूल्य नै निकै चर्को राखिएको छ । महंगो मूल्यमा स्पेक्ट्रम खरिद गर्नुपर्ने भएपछि प्लानहरु स्वतः महंगो हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार नयाँ प्रविधि सुरु गर्नका लागि मूल्य बृद्धि गर्न लागिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१