close

दूरसञ्चार कम्पनी सिङ्गटेलका १ लाख २९ हजार ग्राहकको डेटा चोरी

टेकपाना टेकपाना

फागुन ७, २०७७ ८:१७

दूरसञ्चार कम्पनी सिङ्गटेलका १ लाख २९ हजार ग्राहकको डेटा चोरी

काठमाडौं । सिङ्गापुरको अग्रणी दूरसञ्चार कम्पनी सिङ्गटेलका एक लाख २९ हजारभन्दा धेरै सेवाग्राहीको व्यक्तिगत जानकारी चोरी भएको छ । हालै थर्ड पार्टी फाइल शेयरिङ सिस्टमको डेटा ब्रिचपछि ती जानकारी चोरी भएको कम्पनीले बताएको छ । 

भारतको एयरटेल कम्पनीसँग सम्बद्ध सिङ्गटेल कम्पनीले उक्त डेटा ब्रिच घटनाको प्रारम्भिक अनुसन्धान सम्पन्न गरिसकेको छ । उक्त अनुसन्धानबाट एसिलियन फाइल ट्रान्सफरको कुन फाइल अवैधानिक रुपमा एक्सेस भएको भनेर पत्ता लगाइसकेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

सिङ्गटेल ग्रुपका सीईओ यूवेन काउन मूनले डेटा ब्रिच घटनाका लागि सेवाग्राहीसँग क्षमा मागेका छन् । साथै डेटा सुरक्षा कम्पनीको प्राथमिकतामा रहेको भन्दै सम्भावित जोखिम घटाउन सहयोग गर्ने आश्वासन दिएको छ । 

चोरी भएका ती जानकारीहरुमा सेवाग्राहीहरुको राष्ट्रिय दर्ता परिचय पत्र नम्बर र नाम, जन्ममिति, मोबाइल नम्बर, ठेगाना लगायत छ । 

यसबाहेक उक्त ब्रिचमा सिङ्गटेलका २८ जना पूर्वकर्मचारीहरुको बैंक अकाउन्ट डिटेल र सिङ्गटेल मोबाइल लाइनकै कर्पोरेट कस्टमरका ४५ जना सदस्यहरुको क्रेडिट कार्ड डिटेल बाहिरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१