close

१६ वर्षीय कम्प्युटर प्रोग्रामरको लोभलाग्दो जीवन

टेकपाना टेकपाना

फागुन ७, २०७७ १४:२०

१६ वर्षीय कम्प्युटर प्रोग्रामरको लोभलाग्दो जीवन

काठमाडौं । क्यानाडमा बस्ने भारतीय मूलका १६ वर्षीय तन्मय बक्शी आफूलाई एक सफ्टवेयर तथा कग्निटिभ डेभलपर भन्न रुचाउँछन् । किनभने उनलाई कग्निटिभ कम्प्युटर र आर्टिफिशियल इन्टेलिजेन्समा डेभलपिङको काम गर्न मनपर्छ । उनलाई एल्गोरिदम डिजाइन तथा इम्प्लिमेन्ट गर्न पनि खुब मन पर्छ ।  

यसबाहेक उनी विभिन्न कन्फ्रेन्समा कीनोट तथा टेडएक्स स्पिकर पनि हुन् । उनले ‘आईबीएम वाट्सन’ सम्बन्धी पुस्तक पनि लेखेका छन् । साथै उनी क्लाउडका लागि आईबीएम च्याम्पियन पनि हुन् । 

करिब तीन वर्षअघि तन्मय इन्टरनेट जगतमा ठूलो चर्चा र सेन्सेनल पात्र बनेका थिए । किनभने १३ वर्षको उमेरमा उनी विश्वको ठूलो टेक कम्पनी गुगलका सबैभन्दा कान्छा कर्मचारी बन्न सफल भएका थिए ।

उनले ७ वर्षको उमेरदेखि वेब डेभलपमेन्टमा कोडिङ र युट्युब च्यानलमार्फत अरुलाई कोडिङ प्रोग्रामिङ र एआई सिकाउन थालेका हुन् । 

तन्मयको शैक्षिक पृष्ठभूमिको कुरा गर्दा उनले कक्षा ६ सम्म विद्यालयमा पढेर आफ्नो माध्यमिक तह होम स्कुलिङबाट पुरा गरेका हुन् । बुवा पुनित बक्शी एक क्यानडाकाे कम्पनीमा कम्प्युटर प्रोग्रामको काम गर्ने भएको कारण तन्मयले पनि ५ वर्षकै कलिलो उमेरदेखि फक्स प्रो, ब्याच जस्ता सामान्य ल्याङ्ग्वेजमा कोडिङ गर्दै आइरहेका थिए ।

उनले ९ वर्षको कलिलो उमेरमा टिटेबल नामको एउटा आईओएस एप तयार गरे, जसलाई एप्पल स्टोरले पनि अनुमति दियो । बुवाको छत्रछायाँमा कोडिङ सिक्दै पछि उनको झुकाव आर्टिफिशियल इन्टेलिजेन्सतिर बढ्न पुगेको थियो । 

आर्टिफिशियल इन्टेलिजेन्सले विश्व र मानव समुदायलाई नै ‘टेकओभर’ गर्दैछ भन्ने प्रश्नमा उनी भन्छन्, ‘आर्टिफिशियल इन्टेलिजेन्स मानिसहरुलाई विस्थापन गर्न बनेको प्रविधि हो भन्ने कुरामा धेरै मानिसहरुलाई दिग्भ्रम छ ।

तर आर्टिफिशियल इन्टेलिजेन्स हाम्रो दैनिक जीवनलाई अगुमेन्ट गर्न र हाम्रो क्षमता र सीपलाई बढाउन विकास गरिएको हो र यो निरन्तर विकास भइरहेको छ ।’

तर कुनै दिन आर्टिफिशियल इन्टेलिजेन्सले आफू मानिसभन्दा चतुर र बाठो छु भनेर सोच्न थाल्याे भने के होला त ?

त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सको ‘सिङ्गुलारिटी’ भन्छन् तन्मय । उनी भन्छन्, ‘जुन पोइन्टमा एआईले मानव मस्तिष्कलाई जित्छ, तब त्यो नियन्त्रण बाहिर जान्छ । तर एआई एउटा प्रविधि मात्र हो र यो अहिले एकदमै प्रारम्भिक कालमा छ ।

यसैले यसमा दुईवटा विकल्प छन् । पहिलो त हामी त्यस सिङ्गुलारिटी पोइन्टमा पुग्न नै सक्दैनौं । दोस्रो पुग्यौं भने पनि त्यहाँसम्म पुग्न धेरै लामो समय लाग्नेछ ।’

तन्मयको आफ्नै एउटा युट्युब च्यानल पनि छ । त्यसबाट उनी मानिसहरुलाई प्रोग्रामिङ, कोडिङ, एल्गोरिदम तथा मसिन लर्निङ र विशेषगरी आईबीएम वाट्सनका प्रविधिबारे सिकाउँछन् । 

सिक्नलाई मानिसहरुसँग सीमित संसाधन छन् भन्ने आफूलाई लाग्ने हुँदा उनी आफूले पुस्तक लेखेर, सार्वजनिक मञ्चहरुमा बोलेर तथा युट्युबमा भिडियो बनाएर त्यस्ता कुराहरु सिकाउँछन् । 

वाट्सन के हो ?

आईबीएम वाट्सन वास्तवमा एउटा कग्निटिभ सिस्टम हो, जसले डेभलपरहरुलाई वास्तविक इन्टेलिजेन्स कोड नगरी उनीहरुको एप्लिकेसनमा कग्निटिभ तथा मसिन लर्निङलाई इन्कर्पोरेट गर्न सिकाउँछ ।

अहिलेको समयमा पनि डेभलपरहरू आफ्नो एपमा किन मसिन लर्निङ इन्कर्पोरेट गर्दैनन् भने यो गाह्रो काम हो । इन्टेलिजेन्स इन्कर्पोरेट गर्नु अप्ठ्यारो काम हो । 

कलिलै उमेरमा टेक जगतका एक नक्षत्र बन्न सफल तन्मयले हालसम्म दुई लाखभन्दा धेरै कार्यकारी नेतृत्व, बैद्धिक व्यक्तित्व तथा डेभलपरहरू भेला भएका अन्तर्राष्ट्रिय सम्मेलन र विश्वविद्यालयहरुलाई सम्बोधन गरिसकेका छन् । 

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१