close

टेलिकमको पोष्टपेड मोबाइलमा ‘आईएसडी’ सुविधा लिन वा बन्द गर्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन ८, २०७७ १७:५४

टेलिकमको पोष्टपेड मोबाइलमा ‘आईएसडी’ सुविधा लिन वा बन्द गर्न यसो गर्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय कलका लागि ‘आईएसडी’ सुविधा दिँदै आएको छ । जुन सेवा प्रयोगकर्ता आफैले सहजै लिन सक्छन् ।

सेवा आफै सुचारु गराउन एउटा पिन नम्बर भने आवश्यक पर्छ । टेलिकमका अनुसार आईएसडी सुविधा लिन जीएसएम मोबाइलका लागि ‘००००’ र सीडीएमए मोबाइलका लागि ‘१२३४’ डिफल्ट पिन नम्बर हुन् ।

जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा सुचारु गर्नका लागि प्रयोगकर्ताले ‘#३३१*पिन#’ डायल गर्नुपर्छ । सेवा बन्द गर्न ‘*३३१*पिन#’ डायल गर्नुपर्ने हुन्छ। साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#३३१# डायल गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो अकाउण्टको सुरक्षा चाहनुहुन्छ भने सुरक्षाका लागि डिफल्ट पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छाअनुसारको पिन नम्बर राख्न सक्नुहुनेछ । जीएसएम पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्नका लागि ‘**०३*३३१*पुरानाे पासवर्ड*नयाँ पासवर्ड#’ डायल गर्नुपर्ने हुन्छ ।

May be an image of text that says 'How to Activate & Deactivate ISD in Postpaid Mobile Service? Activate #331*PIN# Deactvae *331 *PIN# To Activate #331*PIN# where the default PIN code is 0000 2 6. ፍ4 7 க2 દ ம To Deactivate 9 0 *331*PIN# where the default PIN code is 0000 राष्ट्रको सज्चार ISD service enables you to make International Calls from your Postpaid Mobile Service. NEPAL TELECOM'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१