close

केपी ओलीको साइबर सेना बनेर खटिने युवा संघको निर्णय

टेकपाना टेकपाना

फागुन ८, २०७७ २०:३

केपी ओलीको साइबर सेना बनेर खटिने युवा संघको निर्णय

काठमाडौं । नेकपा ओली समूह निकट राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । शनिबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा युवा संघले साइबर सेनाको युनिट बनाएर काम गर्ने जानकारी दियो ।

गत माघ २५ र २६ गते काठमाडौंमा बसेको बैठकको निर्णय सुनाउँदै संगठनका अध्यक्ष बचनबहादुर सिंहले साइबर सेना खोल्ने निर्णय बनाएको जानकारी दिए ।

साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’, उनले भने ।

आउँदो चैतभित्र ओली पक्षका ५ लाख बर्दी बिनाको सेना निर्माण हुने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१