close

इन्स्टाग्राममा कतै यस्तो म्यासेज त आएन ? सावधान !

टेकपाना टेकपाना

फागुन ९, २०७७ ११:५८

इन्स्टाग्राममा कतै यस्तो म्यासेज त आएन ? सावधान !

काठमाडाैं । मोबाइलले तपाईं हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । यद्यपि फिशिङजस्ता साइबर अपराधले समेत यससँगै बढावा पाएका छन् । फिशिङको अर्थ हो, अनलाइनबाट हुने धोका वा ठगी ।

यसमा ठगी गर्ने व्यक्तिले तपाईंलाई एउटा ईमेल पठाउँछ । जुन कुनै प्रतिष्ठित कम्पनीको तर्फबाट आएको जस्तो प्रतित हुन्छ । यसैका कारण कतिपय व्यक्तिले आफ्नो जन्म मिति, पासवर्ड तथा क्रेडिट कार्ड नम्बर जस्ता जानकारी दिने गर्दछन् ।

अब यस किसिमको ठगी इन्स्टाग्राममा समेत हुन थालेको छ । यहाँ साइबर अपराधीहरुले तपाईंलाई ईमेलको साटो डीएम गर्दछन् । जसमा लिङ्क राखिएको हुन्छ । त्यस्तो म्यासेज इन्स्टाग्रामबाटै आएको जस्तो लाग्दछ ।

यस्तो जालमा परेर कतिपय व्यक्तिले आफ्नो इन्स्टाग्राम अकाउन्टमाथिको आफ्नो नियन्त्रण गुमाउन पुगिरहेका छन् । यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने इन्स्टाग्रामले कुनै पनि प्रयोगकर्तासँग कहिल्यै पनि सोझै कुराकानी गर्दैन ।

यदि इन्स्टाग्रामकले कसैसँग कुरा गर्छ भने पनि त्यो ईमेलबाट हुने गर्दछ । जसको पुष्टी तपाईं एपको सेटिङभित्र रहेको सेक्युरिटीमा गएर इन्स्टाग्राम ईमेलबाट गर्न सक्नुहुन्छ । यस किसिमको ठगीबाट जोगिने तरिकाहरु पनि छन् ।

जसले तपाईंको अकाउन्टलाई संदिग्ध गतिविधिबाट जोगाउन सहयोग गर्दछन् । आफ्नो इन्स्टाग्राम अकाउन्टलाई सुरक्षित राख्नका लागि तपाईंले टु फ्याक्टर अथेन्टिकेसन एक्टिभेट गर्नुपर्ने हुन्छ ।

टु फ्याक्टर अथेन्टिकेसनमा एसएमएसमा पठाइएको कोडबाट केवल तपाईंले मात्र आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक्सेस गर्न सक्नुहुन्छ । यसबाहेक तपाईंले बलियो पासवर्ड राख्न सक्नुहुन्छ । जसमा आफ्नो वा आफ्ना नजिकका व्यक्तिहरुको नाम वा जन्म मिति भने नराख्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१