close

उद्योग दर्तादेखि कर भुक्तानीसम्मका सुविधा नागरिक एपबाटै दिनेछौं : मन्त्री गुरुङ

टेकपाना टेकपाना

फागुन ९, २०७७ १३:३७

उद्योग दर्तादेखि कर भुक्तानीसम्मका सुविधा नागरिक एपबाटै दिनेछौं : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एपमा नयाँ सुविधा थप्दै परिमार्जन गरिने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी सेवाहरु मोबाइलबाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको यो एपलाई थप प्रभावकारी बनाइने बताए ।

व्यवसायीहरुले उद्योग, व्यवसाय सञ्चालन गर्न दर्ता प्रक्रियादेखि कर तिर्नसम्म झन्झट बेहोरिरहेको गुनासोहरु नागरिक एप प्रयोगपछि सुन्न नपर्ने पनि मन्त्री गुरुङले प्रष्ट पारे ।

सरकारी सेवाका लागि कार्यालय जानु नपर्ने र कुनै झण्झट बेहोर्नु नपर्ने गरी नागरिक एप सुरु गरिएको तर्क गर्दै उनले उनले पेपरलेस, फेसलेस र लाइन हाेइन, अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अर्काे एक सन्दर्भमा उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा विद्युतीय सामग्रीसँग नङ र मासुकोजस्तै सम्बन्ध भएकाले पनि विद्युत व्यवसायीसँग सहयाेगकाे अपेक्षा राखे ।

यसैबीच सरकारले नागरिक एपमा रहेका त्रुटि सच्याउन र नयाँ सुविधा थप्न गृहकार्य गरिरहेको सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताएका छन् । सेवाग्राही र सरोकारवालाको राय अनुसार एप परिमार्जनको काम भइरहेको उनले बताए ।

गृह मन्त्रायलयले चाँडै नै मोबाइल एपबाटै नागरिकता विवरणमा भेटिएको त्रुटि सच्याउन मिल्ने सुविधा ल्याउन लागेको बताउँदै उनले यसपछि एप थप प्रयोगर्तामैत्री हुने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१