close

एनसेल रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदे प्रभु पे

टेकपाना टेकपाना

फागुन ९, २०७७ १४:४

एनसेल रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदे प्रभु पे

काठमाडौं । डिजिट भुक्तानी सेवा प्रदायक प्रभु पेले एनसेल टपअपमा क्यासब्याक प्रदान गरेको छ । आइतबारका लागि कम्पनीले ल्याएको यो योजनामा प्रभु पेको एपबाट एनसेल मोबाइलमा ब्यालेन्स राख्दा ४ प्रतिशत क्यासब्याक प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एनसेल प्रयोगकर्ताले प्रभु पेको मोबाइल वालेट डाउनलोड गरी क्यासब्याकको फाइदा उठाउन सक्नेछन् । कम्पनीले आफ्नो बजार प्रवर्द्धनको योजना अन्तर्गत हप्ताको सातै दिन सात फरक प्रकारका अफरहरु दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१