close

एन्ड्रोइड १२ मा आउँदै छन् यस्ता लोभलाग्दा फिचर

टेकपाना टेकपाना

फागुन ९, २०७७ १८:३७

एन्ड्रोइड १२ मा आउँदै छन् यस्ता लोभलाग्दा फिचर

काठमाडौं । एन्ड्रोइड अपरेटिङ सिस्टमकाे नयाँ भर्सन एन्ड्रोइड १२ ल्याउने तयारीमा रहेको गुगलले पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरेको छ ।

नयाँ डिजाइनसहित प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ तयार भइरहेको नयाँ भर्सनको एन्ड्रोइडमा सुरक्षालाई महत्वपूर्ण स्थान दिइएको छ । साथै एन्ड्रोइडको कार्यक्षमता वृद्धिमा कम्पनीले महत्वपूर्ण काम गरेको कम्पनीले जनाएकाे छ ।

नयाँ युजर इन्टरफेससहित आउने एन्ड्रोइड १२ मा गुगलले सानो फाइलमा राम्रो इमेज क्वालिटी प्रदान गर्न भीआईएफ प्रयोगमा ल्याउने भएकाे छ । भने, फोनको वालपेपर र साउण्ड सिस्टमलाई अझ प्रभावकारी बनाइने जनाइएको छ।

यसका साथै फोनको तल अथवा साइडबाट स्वाइप गरेर होम स्क्रिनमा पुग्न सकिने फिचर पनि उपलब्ध हुनेछ ।

भने, भिडियो कल गर्ने एपको हकमा पनि गुगलले काम गरेको छ । यसकारण कुनै निश्चित रिंङटोनको मद्दतले कसले कल गरेको हो भनेर छुट्याउन सकिने छ ।

यसका साथै प्रयोगकर्ताले नोटिफिकेशनमा पनि आफूले चाहेअनुसार मिलाउन सक्नेछन् । जसले गर्दा त्यहाँ आफूले चाहेको कन्टेन्ट तथा आइकन राख्न सकिने छ । यसका साथै गुगलले एन्ड्रोइड १२ मा गोपनीयता फिचर समेत थप गरेको छ ।

जसले गर्दा कुनै एपले फोनको क्यामेरा र माइक्रोफोन प्रयोग गर्छ भने प्रयोगकर्ताले स्टेटस बार इन्डिकेटरमा अलर्ट पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१