close

यसरी डिलिट गर्नुहोस् आफ्नो फेसबुकको सर्च हिस्ट्री

टेकपाना टेकपाना

फागुन १०, २०७७ ८:५

यसरी डिलिट गर्नुहोस् आफ्नो फेसबुकको सर्च हिस्ट्री

कतिपय समय यस्तो हुन्छ कि हामी आफ्नो फोन वा कम्प्युटर केही समयका लागि अन्य व्यक्तिलाई दिइरहेका हुन्छौं । तर पछि मात्र याद आउँछ कि फेसबुक अकाउन्ट त लगइन नै छ ।

त्यस्तोमा आफ्नो सर्च हिस्ट्री चेक गर्ला कि भन्ने डरले सताउन थाल्दछ । अनि अर्को कुरा कहिले काहिँ हामीलाई साथी वा सहकर्मी सँगै हुँदा फेसबुकमा कुनै कुरा सर्च गर्नु परिरहेको हुन्छ ।

यस्तोमा नयाँ कुरा सर्च गर्दा आफ्नो पुरानो सर्च हिस्ट्री सँगैको साथी वा सहकर्मीले देखिरहेको हुन्छ । जसले गर्दा हामीलाई एकदमै लज्जित समेत बन्नुपर्ने हुनसक्छ ।

अनि कहिले काहिँ हाम्रो मोबाइल वा कम्प्युटर खुल्लै हुन्छ । हामी अन्य कामका लागि यताउता गइरहेका हुन्छौं । यस्तोमा अरु कसैले फेसबुकको सर्च हिस्ट्री हेरिदिन सक्छ ।

आज हामी तपाईंलाई आफ्नो मोबाइल वा कम्प्युटरमा फेसबुकको सर्च हिस्ट्री कसरी डिलिट गर्ने भन्ने विषयमा बताउँदै छौं । फेसबुकमा तपाईंले आफ्नो अनुकुलता अनुसार कुनै पनि दिनको सर्च हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ ।

त्यतिमात्र होइन यदि तपाईं चाहनुहुन्छ भने अहिलेसम्मको पुरा सर्च हिस्ट्री एकै पटकमा डिलिट गर्न सकिने सुविधा पनि फेसबुकमा उपलब्ध छ । मोबाइल एपमा मात्र नभएर कम्प्युटरमा समेत हामी यो काम सहजै सम्पन्न गर्न सक्छौं ।

मोबाइल एपमा फेसबुक सर्च हिस्ट्री डिलिट गर्ने तरिका

सबैभन्दा पहिला आफ्नो फेसबुक एप खोल्नुहोस् । अब एपमा रहेको सर्च बारमा ट्याप गर्नुहोस् । जसै तपाईंले सर्च बारमा ट्याप गर्नुहुन्छ, त्यहाँ तपाईंले रिसेन्ट सर्चेज देखिनेछन् र त्यसको दायाँ भागमा एडिट लेखिएको पाउनु हुनेछ ।

अब तपाईंले एडिट लेखिएको स्थानमा थिच्नुपर्ने हुन्छ । यति गरेसँगै एक्टिभिटी लग खुल्नेछ र त्यहाँ तपाईंले हरेक दिनको हिसाबले आफ्नो फेसबुक सर्च हिस्ट्री फेला पार्न सक्नुहुनेछ ।

तपाईंले आफ्नो सुविधा वा आवश्कता अनुसार कुनै पनि दिनको सर्च हिस्ट्री डिलिट गर्न सक्नुहुन्छ । मानौं कुनै एक दिनको सर्च हिस्ट्री डिलिट गर्न चाहनुहुन्छ भने सम्बन्धित दिनको अगाडि रहेको क्रस बटनमा दबाउनुहोस् ।

यदि एकसाथ आफ्नो सबै फेसबुक सर्च हिस्ट्री मेटाउन चाहनुहुन्छ भने सबैभन्दा माथि देखिएको क्लियर अल सर्चेेजमा क्लिक गर्नुहोस् ।

कम्प्युटरका लागि यसो गर्नुहोस्

वेब ब्राउजरमा गएर सबैभन्दा पहिला आफ्नो फेसबुक खोल्नुहोस् । अब आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस् र एडिट प्रोफाइलको दायाँ तर्फ रहेको तीन वटा थोप्ला भएको मेनुमा क्लिक गर्नुहोस् ।

अब तपाईंले त्यहाँ एक्टिभिटी लग देख्नुहुनेछ । एक्टिभिटी लगमा क्लिक गरेपछि दायाँतर्फ तल आजको दिनसँगै विभिन्न मितिहरुको सर्च हिस्ट्री देख्नुहुनेछ ।

तपाईं जुन दिनको सर्च हिस्ट्री डिलिट गर्न चाहनुहुन्छ, उक्त दिनको पछाडि देखिएको तीन वटा थोप्ला भएको मेनुमा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले डिलिट अप्सन देखिनेछ ।

यस बाहेक सर्च हिस्ट्रीको दायाँतर्फ क्लियर सर्चेज अप्सन पाउन सकिन्छ । त्यसमा क्लिक गरेर अहिलेसम्मको सबै सर्च हिस्ट्री एकसाथ डिलिट गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१