close

अमेरिकी प्रतिबन्धका बावजूद फाइभजी विश्व बजारमा ह्वावेकै हिस्सा आधा

टेकपाना टेकपाना

फागुन १०, २०७७ २१:३५

अमेरिकी प्रतिबन्धका बावजूद फाइभजी विश्व बजारमा ह्वावेकै हिस्सा आधा

काठमाडौं । ह्वावे क्यारियर विजनेस ग्रुपका अध्यक्ष रायन डिङले विश्व फाइभजीको बजारमा आधा भन्दा बढी हिस्सा ह्वावेकै रहेको दाबी गरेका छन् । उनले विश्वका ५९ देशका १४० स्थानमा ह्वावेले व्यवसायीक फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार पारेको बताए ।

चीनको सांघाइमा आयोजना हुन लागेको मोबाइल वर्ल्ड कंग्रेस २०२१ को प्रिब्रिफिङ कार्यक्रममा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । ‘फाइभजीको विकास हामीले सोचेको भन्दा चाँडो भएको छ । यसको ईको सिस्टम पनि त्यही अनुसार तयार भइरहेको छ,’ उनले भनेका छन्, ‘जसले मान्छेको दैनिकीलाई अझ सहज बनाएको छ ।’

सन् २०२० मा चीनमा ढुवानी भएका ६८ प्रतिशत मोबाइल फाइभजी कम्प्याटिबल रहेका छन् । यसरी फाइभजी प्रविधिलाई आत्मसाथ गर्दा डिभाइसहरु अझ प्रभावकारी, सुरक्षित र इन्टेलिजेन्सका साथै अझ सस्ता भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१