close

मोबाइल फोनबाटै ऋण लिनेको संख्या हजार नाघ्यो

टेकपाना टेकपाना

फागुन १०, २०७७ १६:२

मोबाइल फोनबाटै ऋण लिनेको संख्या हजार नाघ्यो

काठमाडौं । मोबाइल फोन प्रयोग गरी बैंकबाट कर्जा लिनेको संख्या बढेकाे छ । ईसेवाको प्यारेन्ट कम्पनीको रुपमा रहेको एफवान सफ्ट इन्टरनेश्नल प्रालिले विकास गरेको फोन लोन प्रविधिमा आधारित भएर एक हजारभन्दा बढीले ऋण लिएका हुन् ।

कम्पनीका अनुसार बैंकमा मानिसको कुनै उपस्थितिबिना डिजिटल रुपमै बिना कुनै धितो, कुनै कागजी सम्झौता पछिल्लो तीन महिनाअघि सुरू भएकाे हाे ।

यसरी लिइएको कर्जा तत्कालै ऋणीको खातामा मोबाइल बैंकमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसरी डिजिटल रुपमा फोनबाटै ऋण लिनका लागि एक्टेनसोडेटाले भित्री रुपमा काम गरिरहेको उल्लेख छ । एक्टेनसोडेटा एफवान सफ्ट इन्टरनेश्नल अन्तर्गतकै एउटा कम्पनी हो ।

कम्पनीले प्रयोगकर्ताबाट आएको ऋण आग्रहका आधारमा डेटा अध्ययन गरी बैंकलाई सही व्यक्तिलाई लोन दिन मद्दत गर्ने उल्लेख गरेको छ ।

बैंकहरूले यस प्रकारकाे ऋण अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिरहेका छन् । हाल नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१