close

काठमाडौंमा साओमीको नयाँ सर्भिस सेन्टर, एक साताका लागि निःशुल्क मर्मत सेवा

टेकपाना टेकपाना

फागुन १०, २०७७ १५:२०

काठमाडौंमा साओमीको नयाँ सर्भिस सेन्टर, एक साताका लागि निःशुल्क मर्मत सेवा

काठमाडौं । साओमी ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको बानेश्वरस्थित आईपेक्स मलमा नयाँ सर्भिस सेन्टर आइतबार उद्घाटन गरिएकाे छ ।

कम्पनीले यसअघि पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा आफ्नो सर्भिस सेन्टरमा सञ्चालनमा ल्याइसकेकाे छ ।

ब्राण्डको रुपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको र नेपालमा आफ्टर सेल्स सर्भिस नेटवर्क विस्तार गरी यसतर्फ महत्वपूर्ण कदम चालिएको कम्पनीले बताएको छ ।

यस अवसरमा साओमी नेपालका कर्ट्री जनरल म्यानेजर शौरभ कोठारीले ग्राहक सेवाका लागि नवीनतम उपायहरुको उत्तम कार्यान्वयनलाई जारी राखिने बताए ।

यसैबीच यो सर्भिस सेन्टर उद्घाटनका अवसरमा कम्पनीले एक हप्ताका लागि साओमीका वारेन्टी कार्ड भए नभएका सम्पूर्ण डिभाइसहरुमा निःशुल्क मर्मत सेवा दिने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१