close

अनलाइनमै मेडिकल र इन्जिनियरिङको तयारी कक्षा

टेकपाना टेकपाना

फागुन १०, २०७७ १७:५४

अनलाइनमै मेडिकल र इन्जिनियरिङको तयारी कक्षा

काठमाडौं । मेडिकल र इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै मेन्टर्स अनलाइन एजुकेसनले डिजिटल इन्ट्रान्स तयारी कक्षा सुरु गरेको छ । विद्यार्थीले अनलाइनबाटै तयारी कक्षा लिन सक्ने गरी नेपालमै विकास गरिएको ई लर्निङ प्रणाली सञ्चालनमा ल्याइएको हो ।

कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र निकै नै प्रभावित बनेको छ । मेन्टर्स एजुकेसनका अध्यक्ष माधव पोखरेलले प्रवेश परीक्षाको तयारी सहज पार्न तथा अनौपचारिक शिक्षाको डिजिटलाइजेनका लागि यो प्रणाली विकास गरिएको जानकारी दिए ।

अनलाइन अध्ययनलाई प्रभावकारी बनाउन मेन्टर्सले रेकर्डेड श्रव्यदृष्य सामग्री‚ अभ्यास सामग्री‚ पुनरावलोकन सामग्री विकास गरिएको छ । ख्यातिप्राप्त शिक्षकहरूको सहभागितामा सञ्चालन हुने कक्षाहरू भौतिक सिकाइजस्तै प्रभावकारी हुने पोखरेलको दाबी छ ।

जसमार्फत विद्यार्थी र अभिभावकलाई पढाइका लागि काठ्माडौं आइराख्नुपर्ने समस्या समेत रहने छैन । मेन्टर्स एजुकेसनको डिजिटल कोर्ष डिजाइन गर्ने कार्यमा नाम चलेका प्राध्यापक तथा शिक्षकहरूको संलग्नता रहेको सञ्चालक माधव रोस्याराले बताए ।

डिजिटल पाठ्यक्रम तयार पार्ने कार्यमा संलग्न प्राध्यापक डाक्टर विनोद पराजुलीले घरै बसेर प्रवेश परीक्षाको तयारी गर्नका लागि उत्कृष्ट विकल्प तयार भएको बताए । ‘यसबाट समय र लगानीको बचत गर्दै सिकाइलाई राम्रो बनाउनेछ’‚ उनले भने ।

सिस्टममा इन्टरएक्टिभ टुल समेत राखिएको छ, जसमार्फत विद्यार्थीले प्रश्न राख्नसक्ने र सम्बन्धित विषय शिक्षकले त्यसको जवाफ दिनेछन् । साथै लाइभ कक्षाको विकल्प समेत रहेको मेन्टर्सले जनाएको छ। जसका लागि ९ हजार रुपैयाँ शुल्क राखिएको छ ।

कम्पनीले पाँच हजार रुपैयाँदेखि १२ हजार रुपैयाँ विभिन्न कोर्ष प्याकेज तयार पारेको छ । जसअन्तर्गत विद्यार्थीले एक महिनादेखि ८ महिनासम्म मेन्टर्सको सिस्टममा एक्सेस पाउनेछन् ।

इच्छुक विद्यार्थीले वेबसाइटबाटै कोर्ष छनौट गरी त्यसको भुक्तानी समेत गर्न सक्नेछन् । हाल ईसेवा, खल्ती र कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१