close

क्लासिक टेकको सयाैं आउटलेट कलंकीमा

टेकपाना टेकपाना

फागुन १०, २०७७ १९:२

क्लासिक टेकको सयाैं आउटलेट कलंकीमा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले कलंकीमा आफ्नो सयौं आउटलेट विस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भू, चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिँदै आएको छ ।

त्यसैलाई मध्यनजर गर्दै कम्पनीले कलंकीमा आफ्नो आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार हरेक आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएका छन् ।

चालु आर्थिक वर्ष २०७७/०७८ भित्र आउटलेटको संख्या सय पुर्‍याउने योजनाका साथ काम गरिरहेको कम्पनीले विगत ८ महिनाको अवधिमा मात्रै ५१ वटा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीले हाल ७४ जिल्लामा कर्पोरेट र बैंकहरुलाई ईन्टरनेट तथा इंट्रानेट सेवा दिँदै आएको छ ।

‘यसै महिना पश्चिममा नेपालगञ्ज तथा पूर्व दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं,’ कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारीले भने, ‘कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीलाई केही महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी सात सय ९९ रुपैयाँ प्रति महिनामा उपलब्ध गराइरहेको छ ।’

यसैगरी एक वर्षसम्मको कुनैपनि प्याकेज रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छूट र साथमा दुई महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकलाई प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१