close

स्मार्टफोनमा फोटो एडिटिङका लागि उत्कृष्ट ४ एप

टेकपाना टेकपाना

फागुन १०, २०७७ २०:४४

स्मार्टफोनमा फोटो एडिटिङका लागि उत्कृष्ट ४ एप

काठमाडौं । भनिन्छ नि, अब सारा दुनिया तपाईंको मोबाइलमै समेटिन थालेको छ । मोबाइलबाटै तपाईं विश्वभरका जानकारी पाउनुका साथै अनेकौं काम समेत गर्न सक्नुहुन्छ ।

जब मोबाइलबाट राम्रो फोटो खिच्ने कुरा आउँछ, त्यसलाई अझ सुन्दर बनाउन एन्ड्रोइड र आईओएसमा अनेकौं एपहरु पाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई एन्ड्रोइड तथा आईओएस मोबाइलका लागि केही फोटो एडिटिङको बारेमा बताउँदै छौं ।

स्नापसीड फिचर्स

जब मोबाइलमा फोटो एडिटिङ एपको कुरा आउँछ, स्नापसीडको कुरा पनि अवश्यक आएकै हुन्छ । यो एपमा कयौं आकर्षक फिचर तथा फिल्टरहरु छन् ।

जसको सहयोगमा तपाईंल आफ्नो तस्वीरलाई निकै आकर्षक बनाउन सक्नुहुन्छ । स्नापसीडमा हिलिङ, ब्रश, स्टक्चर, एचडीआर, प्रस्पेक्टिभ जस्ता २९ भन्दा धेरै टूल तथा फिल्टर छन् ।

यसमा तपाईंले ट्युन इमेज, क्रप, रोटेट, ह्वाइट ब्यालेन्स, ब्रश, रअ डेभलप, भिग्निटी, कर्भ्स, एक्सपाण्ड, लेन्स ब्लर, ग्लामर ग्लो, भिन्टेज, नोयर, एचडीआर स्केप, फ्रेम, फेस पोज सहितका कयौं फिल्टर पाउन सक्नुहुन्छ ।

यो एप डाउनलोड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

एडोबी लाइटरूम

एन्ड्रोइड स्मार्टफोनका साथै आईफोनका लागि समेत उपलब्ध यो उत्कृष्ट एपलाई तपाईंले आफ्नो मोबाइलमा फोटो एडिटरका साथै प्रो क्यामेराको रुपमा समेत प्रयोग गर्न सक्नुहुन्छ ।

यसमा कयौं फिल्टरका साथै यस्ता टुलहरु छन्, जसको सहयोगमा फोटो खिच्नेदेखि फोटो एडिटसम्मको प्रक्रियामा तपाईंलाई सहज बनाउन सक्छन् । यो एपमा फोटो क्रप तथा रोटेटका साथै हिलिङ ब्रश, कलर एडजस्टमेन्ट, कलर ग्रेडिङ आदिको हिसाबले तपाईंको तस्वीरलाई आकर्षक बनाउन सघाउँछन् ।

यो एपको माध्यमबाट तपाईंले आफ्नो सामाजिक सञ्जालमा समेत उच्च गुणस्तरको फोटो शेयर गर्न सक्नुहुन्छ । यो एपको खास विशेषता के छ भने यसमा प्रो लेभलका फोटोग्राफी टुलहरु समेत छन्, जसको सहयोगमा तपाईं गज्जबको फोटोग्राफी गर्न सक्नुहुन्छ ।

यो एप डाउनलोड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

भिस्को

फोटो तथा भिडियो एडिटरः एन्ड्रोइड मोबाइल तथा आईफोनमा निकै लोकप्रिय फोटो तथा भिडियो एडिटिङ एप हो भिस्को । जसका विश्वभर लाखौं प्रयोगकर्ता छन् ।

यो एपमा कयौं यस्ता एडिटिङ टुल छन्, जसको सहयोगमा तपाईं अब्जेक्टको साथमा ब्याकग्राउण्ड समेत आकर्षक बनाउन सक्नुहुन्छ । यसमा सानदार इफेक्टहरु पनि छन् ।

फोटोमा टेक्चर तथा मिमिक एनालग फिल्म इफेक्ट राख्न सकिन्छ । यसमा एचएसएल तथा स्प्लिट टोनका साथै फ्रेम योर इमेज फिचर समेत आकर्षक छन् ।

भिस्को केवल फोटो मात्र नभएर भिडियो एडिटिङका लागि पनि उपयोगी छ । यो एपको सहयोगमा तपाईंले सहजै भिडियो समेत एडिट गर्न सक्नुहुन्छ ।

यो एप डाउनलोड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

फोटो डिरेक्टर

एन्ड्रोइड फोनका साथै आईफोनका लागि उपलब्ध फोटो डिरेक्टर एप अनेक हिसावले आकर्षक छ । यसका टुल तथा फिचरहरुले तपाईंलाई फोटो एडिट गरौं गरौं बनाउनेछ ।

यसमा अब्जेक्ट रिमुभल, फेश शेपर, स्काई रिप्लेसमेन्ट, लाइट रे, इजी टु युज ह्वाइट ब्यालेन्स, एचडीआर, भिग्निट टुल, म्याजिक ब्रश, फोटो रिटच, सेल्फी एडिटर, रेड आई रिमुभल टुल र पिक कलेज मेकर पाउन सक्नुहुन्छ । त्यस्तै, ग्रेडियन्ट मास्क, ब्लर फोटो एडिटर, स्टिकर मेकर, इमेज क्रप एन्ड रोटेट, ब्राइटनेस, कन्ट्रास्ट, वार्म, स्याचुरेसन एडजस्टमेन्ट, हाइलाइट्स एन्ड श्याडोज जस्ता कयौं महत्वपूर्ण फिचर समेत यसमा छन् ।

यो एप डाउनलोड गर्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१