close

ह्वावेको आकर्षक फोल्डेबल स्मार्टफोन मेट एक्स टू सार्वजनिक

टेकपाना टेकपाना

फागुन ११, २०७७ १२:४०

ह्वावेको आकर्षक फोल्डेबल स्मार्टफोन मेट एक्स टू सार्वजनिक

काठमाडौं । ह्वावेले आफ्नो नयाँ स्मार्टफोन ह्वावे मेट एक्स टू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो सबैभन्दा शक्तिशाली प्रोसेसर सहित लाइका क्यामेरा सेटअप र उच्च रिफ्रेश रेटका साथ बजारमा ल्याएको हो ।

फोनको फोल्डिङ डिजाइन गत वर्ष सार्वजनिक भएको मेट एक्स एसभन्दा फरक छ । मेट एक्स टूमा दुई वटा डिस्प्ले दिइएको छ । फोनको भित्रि डिस्प्लेमा नच अथवा पञ्चहोल छैन ।

फोनमा कम्पनीले हिंजका लागि विशेष प्रकारको लिक्विड मेटल प्रयोग गरेको छ । फोनको आधारभूत मोडलको मूल्य २७८५ डलर अर्थात करिब तीन लाख २२ हजार २८० रुपैयाँ तथा ५१२ जीबी भेरियन्टको मूल्य २९४० डलर अर्थात करिब ३ लाख ४० हजार २१७ रुपैयाँ छ । चीनमा यो फोनको बिक्री २५ फेब्रुअरीदेखि सुरु हुनेछ ।

यस्तो छ फिचर र स्पेसिफिकेसन

ह्वावे मेट एक्स टूमा २७०० बाई ११६० पिक्सेल रेजोलुसनका साथ ६.४५ इन्चको ओएलईडी एक्सटर्नल डिस्प्ले दिइएको छ । ९० हर्ज रिफ्रेश रेट भएको यो डिस्प्लेमाथि पिल आकारको पञ्चहोल छ ।

जसमा सेल्फी क्यामेरा लगाइएको छ । फोनको भित्री डिस्प्लेको कुरा गर्दा यो अनफोल्ड रहँदा ८ इन्चको हुने गर्दछ । डिस्प्लेको आस्पेक्ट रेसियो ९० हर्ज रहेको छ भने यसको रेजोलुसन २४८० बाई २२०० पिक्सेल रहेको छ ।

८ जीबी र्‍याम तथा ५१२ जीबीसम्म इन्टरनल स्टोरेज भएको यो फोनमा किरिन ९००० प्रोसेसर राखिएको छ । फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मेन क्यामेराको साथमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, १२ मेगापिक्सेलको टेलिफोटो लेन्स र ८ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा दिइएको छ ।

जुन १० एक्स अप्टिकल जुम सहित आउने गर्दछ । फोनमा १०० एक्स डिजिटल जुम तथा २.५ सीएम सुपर म्याक्रो मोड समेत रहेको छ ।

सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । प्रयोगकर्ताले फोन फोल्ड हुँदा यसको रियर क्यामेरालाई नै सेल्फी क्यामेराको रुपमा प्रयोग गर्न सक्छन् ।

ह्वावेले यो फोनमा पावरका लागि ४५०० एमएएच क्षमताको ब्याट्री राखेको छ । जसले ५५ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ ।

फोनमा वायरलेस चार्जिङ सपोर्ट भने दिइएको छैन । कम्पनीले यो फोनलाई ६५ वाटको सुपर चार्जरका साथ शिपिङ गरिरहेको छ ।

यसको ओएसको कुरा गर्ने हो भने यो एन्ड्रोइड १० आउट अफ द बक्समा आधारित ईएमयूआई इलाभेनमा काम गर्दछ । कम्पनीले यो ओएसलाई आउँदो अप्रिलमा आफ्नो हार्मोनी ओएसबाट अपडेट गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१