close

इन्टरनेट स्पिड ३०० एमबीपीएस पुर्‍याउँदै स्टारलिङ्क

टेकपाना टेकपाना

फागुन ११, २०७७ १३:२४

इन्टरनेट स्पिड ३०० एमबीपीएस पुर्‍याउँदै स्टारलिङ्क

काठमाडौं । स्पेसएक्सको स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले यस वर्षको अन्त्यसम्ममा इन्टरनेट गतिलाई दुई गुणाले बढाउने कम्पनीका सीईओ एलन मस्कले बताएका छन् । 

कम्पनीले हाल ५० देखि १५० एमबीपीएसको बीचमा स्पिड प्रदान गर्ने बाचा गरेको छ । तर मस्कले त्यसलाई ३०० एमबीपीएसमा पुर्‍याउने उद्देश्य रहेको ट्वीटमा लेखेका छन् । स्टारलिङ्कको बेटा किट प्राप्त गरेका एकजना अमुक व्यक्तिको ट्वीटरमा रिट्वीट गर्दै मस्कले त्यस्तो बताएका हुन् । 

३०० एमबीपीएस नसुनेको स्पिड त होइन, तर हाल अधिकांश मानिसहरुले पाइरहेको स्पिडभन्दा यो तीव्र गतिको स्पिड हो । विशेषगरी मस्कले यसलाई न्यूनदेखि मध्यम जनघनत्व भएका क्षेत्रलाई लक्षित गरेको आफ्नो दोस्रो ट्वीटमार्फत बताएका छन् । 

रिट्वीटमार्फत मस्कले ल्याटेन्सी पनि २० एमएससम्म सुधार हुने बताएका छन् । हाल स्टारलिङ्कको ल्याटेन्सी ३४ र ४४ एमएस छ । स्टारलिङ्कको वेबसाइटले भने बेटाको समयमा यसलाई २० देखि ४० एमएसको बीचमा ल्याउने अपेक्षा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१