close

ब्रेभ बाउजरमा प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री लिक हुने बगको समाधान

टेकपाना टेकपाना

फागुन ११, २०७७ १५:२३

ब्रेभ बाउजरमा प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री लिक हुने बगको समाधान

काठमाडौं । प्राइभेसीका लागि टप रेटेड ब्राउजरको उपमा पाएको ब्रेम ब्राउजरले आफ्नो प्राइभेट विन्डोमा देखिएको सुरक्षा कमजोरी समाधान गरेको छ । व्यक्तिगत गोपनीयताको बढ्दो चाहनाले लाखौं प्रयोगकर्ता अहिले अन्य ब्राउजरबाट ब्रेभमा आइरहेका छन् ।

तर केही समयअघि फेला परेकाे सुरक्षा कमाेरीलाई ब्रेभले फिक्स गरेकाे छ । यसअन्तर्गत डट ओनियन (.onion) डोमेनका लागि जाने क्वेरीहरू टोर नोडबाट राउट हुनुको सट्टा पब्लिक इन्टरनेट डीएनएस रिजल्भर्समा जाने गर्दथ्यो, जसले ब्रेभ ब्राउजर प्रयोगकर्ताहरुको भिजिट वा हिस्ट्रीलाई डार्क वेब वेबसाइटहरुमा लिक गरिदिन्थ्यो । 

याे बगलाई आइतबार सार्वजनिक गरिएको हटफिक्स (Hotfix) रिलिज V1.20.108 बाट सम्बोधन गरिएको छ । ब्रेभमा ‘प्राइभेट विण्डो विथ टोर’ भनिने ब्युल्ट इन फिचर छ, जसले ब्राउजरमा टोरको अज्ञात नेटवर्कलाई समायोजन गर्दछ ।

यसबाट प्रयगकर्ताहरुले डार्क नेटमा होस्ट भएका ओनियन वेबसाइटमा आफ्नो आईपी एड्रेस तथा विभिन्न जानकारीहरुको खुलासा नगरी एक्सेस गर्न सक्छन् । ब्रेभमा २०१८ को जूनमा सो फिचर थप गरिएको थियो । 

उक्त भल्नरेबिलिटीबारे गत जनवरी १३ मा बग बाउन्टी प्लेटफर्म ह्याकरवानमा रिपोर्ट भएको थियो । १५ दिनपछि उक्त कमजोरीलाई सम्बोधन गरिएको हो । 

अब ब्रेभ ब्राउजरका प्रयोगकर्ताहरुले माथिल्लो दायाँ भागतिर रहेको मेनुमा गएर ब्रेभ डाउनलोड गरी नयाँ अपडेट इन्स्टल गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१