close

अब राष्ट्र बैंक पनि सामाजिक सञ्जालमा

टेकपाना टेकपाना

फागुन ११, २०७७ १४:५८

अब राष्ट्र बैंक पनि सामाजिक सञ्जालमा

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले समेत सामाजिक सञ्जाल प्रयोगमा ल्याउने भएको छ । हालसम्म सामाजिक सञ्जालमा कुनै पनि उपस्थिति नरहेको नेपालको केन्द्रीय बैंकले अब भने औपचारिक रुपमा नै सामाजिक सञ्जाल प्रयोग गर्ने भएको हो ।

यसका लागि राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति, २०७७ नै सार्वजनिक गरेको छ । जसमा बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने उल्लेख छ ।

सामाजिक सञ्जाल सञ्चालनको काम प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गभर्नर कार्यालय अन्तर्गत रहेको सूचना तथा सञ्चार समन्वय महाशाखाले गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१