close

एक रुपैयाँमै डिशहोम फाइबर नेटको ६ महिने प्याकेज जित्न सकिने

टेकपाना टेकपाना

फागुन ११, २०७७ १७:०

एक रुपैयाँमै डिशहोम फाइबर नेटको ६ महिने प्याकेज जित्न सकिने

काठमाडौं । आजबाट सुरु भएको दराज हाट बजारमा एक रुपैयाँमै डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ ।

अनलाइन शपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज ‘खेल १ रुपैयाँ’ नामक गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमका उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१