close

एप्पल म्याकबुकमा रहस्यमय भाइरसको आक्रमण

टेकपाना टेकपाना

फागुन ११, २०७७ २१:३९

एप्पल म्याकबुकमा रहस्यमय भाइरसको आक्रमण

काठमाडौं । के तपाईंको साथमा पनि एप्पलको ल्यापटप छ ? विश्वमा सबैभन्दा सुरक्षित ग्याजेट मानिने एप्पलको म्याकबुकमा समेत भाइरसको हमला भएको छ । विश्वभरका करिब ३० हजारभन्दा बढी एप्पल म्याकमा एउटा नयाँ भाइरस फेला परेको छ ।

अझ हैरानीको कुरा त के छ भने कम्पनीले समेत यो हमला किन र कसरी भयो भन्ने कुरा पत्ता लगाउन सकेको छैन । प्रविधि सम्बन्धि साइट बिजनेस इन्साइडरका अनुसार हालै मात्र सार्वजनिक भएको एप्पल म्याकबुकमा सिल्भर स्पारो नामक एउटा भाइरसबाट हमला भएको छ ।

यसका कारण गत वर्षको नोभेम्बरमा सार्वजनिक भएका म्याकबुकका ३० हजारभन्दा बढी ल्यापटप संक्रमणमा परेका छन् । यो नयाँ भाइरसको पहिचान गर्ने संस्था आर्स टेक्निकाको भनाईलाई आधार मान्ने हो भने अहिलेसम्म यो भाइरसले एप्पल म्याकमा कुनै पनि हानी पुर्‍याएको छैन ।

यद्यपी नयाँ भाइरसले जतिखेर पनि सिस्टम नै ध्वस्त बनाउन सक्ने संभावना रहेको बताइएको छ । रिपोर्टअनुसार यो नयाँ भाइरस विश्वका १५३ देशमा रहेका एप्पल म्याकबुकमा फेला परेको छ ।

तर यो भाइरसबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, क्यानडा, फ्रान्स र जर्मनी रहेका छन् । प्राप्त जानकारीका अनुसार सिल्भर स्पारो नामक यो नयाँ भाइरस एप्पलको नयाँ चिप एम वानमा रहेको छ ।

जानकारहरुको भनाइमा म्याकबुका सबै नयाँ चिप कम्पनीको सर्भरमा कनेक्टेड रहेका हुन्छन् । यस्तोमा सबै म्याकबुकमा यो मालवेरको पहुँच रहेको छ ।

यो भाइरसले विश्वभरका म्याकबुकलाई संक्रमित तुल्याउन सक्छ । यो विषयका जानकारहरुका अनुसार एप्पलका ल्यापटपमा यस्तो भाइरसको हमला सामान्य होइन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१