close

तपाईंलाई कति इन्टरनेट स्पिड चाहिन्छ ?

टेकपाना टेकपाना

फागुन १२, २०७७ २१:२३

तपाईंलाई कति इन्टरनेट स्पिड चाहिन्छ ?

काठमाडौं । आफ्नो लागि उपयुक्त इन्टरनेट प्लान चयन गर्नु सजिलो कुरा होइन । कहिले तपाईं आवश्यकभन्दा धेरै इन्टरनेटको पैसा तिरिरहनु भएको हुन्छ भने कहिले आवश्यक स्पिड पनि पाइरहनु भएको हुँदैन । यसैले तपाईंलाई कति स्पिड चाहिन्छ भन्ने प्रश्न सधै महत्वपूर्ण हुन्छ । 

त्यसो त इन्टरनेट सेवाप्रदायकले सेवाग्राहीहरुलाई आवश्यक पर्ने इन्टरनेटको विभिन्न प्लान र प्याकेज वेबसाइटमा राखिरहेका हुन्छन् । तर त्यसले पनि एउटा औसत इन्टरनेट प्रयोगकर्ताको आवश्यकतालाई सही तरिकाले सम्बोधन गर्न सक्दैन ।

सामान्य फेसबुक चलाउने र आफन्त नातागोतासँग भिडियो कल गर्ने प्रयोगकर्ता र ‘हेभ्भी गेम’ खेल्ने, भिडियो स्ट्रिमिङ गर्ने प्रयोगकर्ताबीचको आवश्यकता फरक हुन्छ ।

आज हामी तपाईंलाई आवश्यक उपयुक्त इन्टरनेट प्याकेज चयन गर्न सिकाउने छौं । 

कति स्पिड चाहिन्छ ?

अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले २५ एमबीपीएसभन्दा तीव्र गतिको इन्टरनेटलाई एड्भान्स सेवाको रुपमा परिभाषित गरेको छ । तर अधिकांशले यसलाई न्यूनतम स्पिडकै रुपमा लिन्छन् ।

यदि तपाईं दैनिक इन्टरनेट प्रयोग गर्नुहुन्छ भने इन्टरनेट स्पिड केही धेरै भएको नै राम्रो हुन्छ । घरमा बढ्दाे आईओटी सामग्री तथा ग्याजेटको संख्या अनि इन्टरनेट ब्राउजिङ र गेमिङमा बढ्दो युसेज देख्दा २५ एमबीपीएसभन्दा धेरै इन्टरनेट स्पिड नै उपयुक्त देखिन्छ । 

तर याद राख्नुहोस् । ठूलो इन्टरनेट प्याकेजले फास्ट इन्टरनेट स्पिडको प्रत्याभूति दिन सक्दैन । नेटवर्क कन्जेसन, राउटर राखेको गलत ठाउँ, नेटवर्कमा हुने अवरोध र अन्य धेरै तत्वहरुले यसलाई असर गर्दछ । 

तपाईं कति इन्टरनेट प्रयोग गर्नुहुन्छ ? 

तपाईं इन्टरनेट खास के प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ ? तपाईंलाई चाहिने इन्टरनेटको गति यही कुराले निर्धारण गर्छ ।

ActivityUsage RequiredRecommended Speed
Email1 Mbps1 Mbps
Web browsing3-5 Mbps5-10 Mbps
Social media3-5 Mbps10 Mbps
Video Calls3-5 Mbps10-20 Mbps
HD Streaming5-10 Mbps10-20 Mbps
Online Gaming3–6 Mbps25-35 Mbps
4K Streaming25 Mbps35 Mbps

तपाईंको नेटवर्क कति जनाले प्रयोग गर्छन् ?

तपाईंको घरमा एउटै समयमा कति जनाले एउटै नेटवर्क प्रयोग गर्छन्, त्यसले पनि याे कुरालाई निर्धारण गर्दछ । घरको सदस्य संख्याले भने यसलाई निर्धारण गर्दैन । किनभने दुईजना सदस्य भए पनि घरमा डिभाइस भने दुईजनाले १५ वटा भन्दा धेरै प्रयोग गर्न सक्छन् ।

यदि तपाईंको घरमा सबै डिभाइस एकैपटक निरन्तर प्रयोग भइरहन्छन् भने आफ्नो इन्टरनेट स्पिड बढाउनुहोस् । यदि तपाईं आईपी टिभीमा फोरके भिडियो स्ट्रिमिङ गर्नुहुन्छ भने ३५ एमबीपीएस भन्दा धेरै इन्टरनेट तपाईंलाई आवश्यक पर्छ । 

अपलोड स्पिड भर्सेस डाउनलोड स्पिड

स्पिडको बारेमा कुरा गर्दा अपलोड र डाउनलोड स्पिडबीचको फरकलाई बुझ्न आवश्यक छ । अधिकांश समय अपलोडभन्दा डाउनलोड स्पिड धेरै हुन्छ । यसकारण दुवै कुरालाई थाहा पाउन आवश्यक हुन्छ । तर जब तपाईं केही कामका लागि घरमा इन्टरेट प्रयोग गर्दै हुनुहुन्छ भने अपलोड गर्ने काम तपाईंलाई धेरै आइपर्छ । 

अधिकांश आईएसपीहरुले अपलोड स्पिड थोरै र डाउनलोड स्पिड धेरै भएको प्लान अफर गर्छन् । यस्तो बेला अपलोड र डाउनलोड स्पिडको अुनपात १:१० पनि हुन सक्छ । यस्तो बेला आफूलाई आवश्यक दुवै स्पिड कस्तो प्याकेजमा उपलब्ध छ, विचार गर्नुहोस् । 

डेटा क्यापका बारेमा थाहा पाउनुहोस् 

आफ्नो लागि उपयुक्त इन्टरनेट स्पिड खोजी गर्दा तपाईंले ध्यान दिनुपर्ने अर्को कुरा भनेको डेटा क्याप हो । इन्टरनेट डेटा क्याप भनेको आईएसपीहरुले इनफोर्स गरेको डेटा युसेज लिमिट हो ।

कुनै पनि आईएसपीकाे सेवा लिनुअघि उक्त कम्पनीको डेटा क्यापबारे बुझ्नुहोस् । यदि तपाईं भारी भिडियो स्ट्रिमिङ गर्नुहुन्छ वा हाई इण्ड गेम खेल्नुहुन्छ भने त्यसले धेरै डेटा खपत गर्छ र डेटा क्यापलाई हिट गर्छ ।

यस्तो बेला तपाईंले अतिरिक्त पैसा तिर्नुपर्ने हुन्छ । कम क्षमताको प्याकेजमा कुनै आईएसपीले टाइट क्याप प्रदान गर्छ भने कुनैमा क्याप नै हुँदैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१