close

ललितपुरको ग्वार्कोमा अब क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने

टेकपाना टेकपाना

फागुन १३, २०७७ ११:२२

ललितपुरको ग्वार्कोमा अब क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने

ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गत ग्वार्कोमा रहेको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी प्रणाली जडान गरिएको छ । कुमारी बैंकले उक्त स्थानमा क्यूआर सेवाको सुरुवात गरेको हो ।

योसँगै अब उक्त स्थानमा तरकारी तथा फलफूल किन्दा पैसा बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । क्यूआर प्रणाली सेवाको सुरुवात बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

पछिल्लो समय क्यूआर भुक्तानीले प्राथामिकता पाइरहेको छ । राष्ट्र बैंकले पनि क्यूआर भुक्तानीलाई अहिले सबैभन्दा महत्वका साथ लिएको देखिन्छ । कतिपय तरकारी बजारमा सुरु भएको क्यूआर भुक्तानीको उद्घाटनमा राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी स्वयम् आफैं उपस्थित हुने गर्छन् ।

उनले बैंकहरुलाई आफ्नो शाखा नजिकका तरकारी बजारमा क्यूआर सेवा सुरु गर्न आग्रह गरेका छन् । यसैअनूरूप पछिल्ला केही महिनामा क्यूआर भुक्तानीको विस्तार तीव्र रुपमा भइरहेको छ ।

सार्वजनिक यातायातका साथै सफा ट्याम्फोमा समेत क्यूआर भुक्तानी सुरु भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४