close

म्यानमारमा सैनिक शासनको समर्थन गर्ने फेसबुक पेजमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

फागुन १३, २०७७ १२:१०

म्यानमारमा सैनिक शासनको समर्थन गर्ने फेसबुक पेजमाथि प्रतिबन्ध

काठमाडौं । म्यानमारमा केही समयदेखि सैनिक शासन लागू भएको छ । स्थानीय निर्वाचनमा विवाद उत्पन्न भएसँगै गएको माघ १९ गतेमा सेनाले शासन आफ्नो हातमा लिएर सत्ता सञ्चालन गरिरहेको छ ।

सैनिक शासन लागू भएको केही समयमै त्यहाँ इन्टरनेट र विभिन्न अन्तराष्ट्रिय मिडियामा समेत प्रतिबन्ध लगाइएको थियो । तर, विस्तारै सबै सेवा सञ्चालनमा आएका छन् ।

यसका बावजुद पनि त्यहाँका नागरिक अहिले सैनिक शासनविरुद्ध सडकमा उत्रिएका छन् । त्यसरी सडकमा उत्रिएका नागरिकलाई दबाउन प्रयोग भएका सैनिकका फेसबुक पेज, सरकारी पेजका साथै सरकारको पक्षमा बोल्ने मिडियाका फेसबुक पेजमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ ।

जसमा ट्याटम्याड ट्रु न्युज इन्फर्मेशन टिम पेज, एमआरटीभी, एमआरटीभी लाइभको पेज समेत रहेका छन् । यी पेजले आफ्नो नीतिको उल्लंघन गरेको फेसबुकले जनाएको छ । हिंसा फैलाउने खालको काम गरेको भन्दै उक्त पेजमा प्रतिबन्ध गरेको फेसबुकले उल्लेख गरेकाे छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४