close

मिडियालाई गुगल र फेसबुकले पैसा तिर्नुपर्ने नियम, के अरू देशमा पनि आउँदै छ ?

टेकपाना टेकपाना

फागुन १३, २०७७ १३:५३

मिडियालाई गुगल र फेसबुकले पैसा तिर्नुपर्ने नियम, के अरू देशमा पनि आउँदै छ ?

काठमाडौं । अष्ट्रेलियाले गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानून पारित गरेको छ । अष्ट्रेलियाको संसदले बिहीबार नयाँ कानून पास गरेको हो ।

योसँगै यस्तो कानून परित गर्ने अष्ट्रेलिया विश्वमै पहिलो देश बनेको छ । सुरुवाती चरणमा अष्ट्रेलियाले ल्याएको यो कानूनविरुद्द सबै टेक कम्पनी उभिएका थिए । गुगलले पनि सुरुवाती चरणमा यस्तो कानून आएको खण्डमा अष्ट्रेलिया छाड्ने कुरा समेत गरेको थियो ।

फेसबुकले केही दिनसम्म अष्ट्रेलियाका मिडिया कन्टेन्टमाथि प्रतिबन्ध नै गरेको थियो । तर, पछि गुगल र फेसबुक दुवै उक्त कानून मान्न तयार भएका छन् । फेसबुक र गुगल उक्त कानुन मान्न तयार भएसँगै अष्ट्रेलियाले नयाँ कानुन पारित गरेको हो ।

नयाँ कानूनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नबनाउने खालका प्रावधान राखिएको छ । योसँगै स्थानीय समाचार आउटलेटसँगको वार्ता असफल भयो भने अष्ट्रेलिया पहिलो देश हुनेछ जहाँ एक सरकारी निकायले टेक जायन्टहरूद्वारा उनीहरुलाई भुक्तानी गर्ने मूल्य निर्धारण गर्नेछ ।

त्यस्तै फेसबुक र गुगलले कतिपय ठूला सञ्चार माध्ययमलाई ठूलै रकम तिर्न तयार भइसकेको उल्लेख गरिएको छ ।

अस्ट्रेलियामा भएको यो नयाँ अभ्यासले अरु देशका लागि पनि ढोका उघारिदिएको छ । तर यस्तो कानून सबैतिर सहजै कार्यान्वयन होला त भन्ने प्रश्न उब्जिन सक्छ । विश्वमा रजगज चलाइरहेका प्रविधि कम्पनीहरुले प्राय एउटा देशका लागि नरम र अरुका लागि कठोर बन्ने वा नीति फरक फरक बनाउने गर्दैनन् ।

यसर्थ अस्ट्रेलियाली सरकारले लामो तयारीपछि त्यहाँको सञ्चारमाध्यमको पक्षमा ल्याएको कानून अन्य देशले पनि अनुकरणीय बन्नेछ भनेर विश्वास गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४