close

ट्वीटरका मालिक डोर्सीले किने साढे २० अर्बको बिटक्वाइन

टेकपाना टेकपाना

फागुन १३, २०७७ २१:४७

ट्वीटरका मालिक डोर्सीले किने साढे २० अर्बको बिटक्वाइन

काठमाडौं । क्रिप्टो करेन्सी बिटक्वाइन अब सबैतिर लोकप्रिय हुन थालेको छ । हालै मात्र विद्युतीय कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइन खरिद गरेपछि त्यसमा अर्को ठूलो नाम समेत जोडिएको हो ।

माइक्रो ब्लगिङ एप ट्वीटरका मालिक ज्याक डोर्सीको क्रेडिट तथा भुक्तानी सम्बन्धी फर्म स्क्वायरले बिटक्वाइनमा १७० मिलियन डलर अर्थात करिब २० अर्ब ६२ रुपैयाँ लगानी गरेको छ । कम्पनीले गएको मंगलबार आफ्नो तेस्रो त्रैमासिक आम्दानी प्रतिवेदनमा औषत ५१,२३६ डलर मूल्यमा ३,३१८ बिटक्वाइन खरिद गरेको उल्लेख गरेको छ ।

कम्पनीले भनेको छ, ‘बिटक्वाइनमा स्क्वायरको ५० मिलियन डलरको खरिद समेत जोड्दा ३१ डिसेम्बर २०२० सम्मको कम्पनीको कूल नगदको ५ प्रतिशत हो ।’ पछिल्ला केही महिनामा बिटक्वाइनको मूल्य कीर्तिमानी तवरमा बढ्दै गरेको समयमा कम्पनीले यो घोषणा यस्तो समयमा गरेको हो ।

हाल एउटा बिटक्वाइनको मूल्य करिब ५० हजार डलर रहेको छ । कम्पनीले अगाडि भनेको छ, ‘कम्पनीको उद्देश्यलाई ध्यानमा राख्दै स्क्वायरको विश्वास छ कि क्रिप्टो करेन्सी आर्थिक सशक्तिकरणको एउटा साधन हो, जसले मानिसहरुका लागि विश्व मौद्रिक प्रणालीमा भाग लिन तथा उनीहरुलाई आफ्नो वित्तीय भविष्य सुरक्षित गर्ने मौका दिने गर्दछ ।’

उल्लेखनीय विषय के छ भने हालै मात्र विद्युतीय कार निर्माता कम्पनी टेस्लाले करिब एक अर्ब ५० करोड डलरको बिटक्वाइन खरिद गरेको थियो । टेस्ला विश्वका दोस्रो धनाढ्य एलन मस्कको कम्पनी हो । कम्पनीले डिजिटल भुद्रा तथा अन्य रिजर्भ एसेट्समा आफ्नो लगानी बढ्न सक्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४