close

टेलिकमको नेटवर्कमा समस्या

टेकपाना टेकपाना

फागुन १४, २०७७ १५:१६

टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटर्वकमा समस्या देखिएको छ । नेटवर्कमा केही समयदेखि समस्या आएसँगै प्रयोगकर्ताले फोन नलाग्ने, फोन लागेको पनि स्पस्ट नसुनिने, म्यासेज सेन्ड नहुने लगायतका समस्या प्रयोगकर्ताले भोगिरहेका छन् ।

यो विषयमा हामीले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीसँग कुराकानी गर्ने प्रयास गरेका थियौं । टेलिफोनमा सम्पर्क नभएसँगै ह्वाट्सएप भएको कुराकानी अनुसार काठमाडाैंकाे अनामनगर र बबरमहल क्षेत्रको नेटवर्कमा समस्या देखिएको उनले बताए ।

उनले उक्त समस्या समाधानका लागि काम अघि बढिसकेको समेत उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४