close

चिठ्ठा परेको भन्दै अनलाइनबाट ठगी गर्ने दुईजना पक्राउ

टेकपाना टेकपाना

फागुन १४, २०७७ १६:१७

चिठ्ठा परेको भन्दै अनलाइनबाट ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई हालै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् ।

उनीहरूले इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र ईसेवाबाट भण्डै २ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

पछिल्लाे समय विभिन्न विदेशी नम्बरबाट मोबाइल, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप आदिमा कल गरी चिठ्ठा परेको भन्दै ठगी गर्ने क्रम बढेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले कुनै पनि विदेशी वा अपरिचित नम्बरबाट कल आएमा तथा म्यासेञ्जरमा कसैले उल्लेखित व्यहोरा सहित सम्पर्क गरेमा प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

‘यस्तोमा कुनै रकम लेनदेन नगर्न तथा त्यस्तो फोन आएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त उजुरी दिन समेत अनुरोध गर्दछौं,’ महानगरीय अपराध महाशाखाकाे सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४