close

कहिले आउला आईफोन १३ ?

टेकपाना टेकपाना

फागुन १४, २०७७ १६:४२

कहिले आउला आईफोन १३ ?

काठमाडौं । गत अक्टोबर एप्पलले आईफोन १२ सार्वजनिक गर्‍यो । केही समय नबित्दै अब एप्पलले आफ्नो नयाँ फ्ल्यागशिप फोन आईफोन १३ सार्वजनिक गर्ने भएको छ ।

एप्पलले नयाँ सिरिजमा ४ वटा मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसअन्तर्गत आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स रहेका छन् ।

तर एप्पलले हालसम्म आइफोन १३ को रिलिज डेटबारे कुनै संकेत दिएको छैन । यदि यो खबर सही हो भने हामीले यसै वर्षको सेप्टेम्बरसम्म आईफोन १३ को पहिलो लुक्स देख्न सकिने विश्लेषक मिङ ची क्वो बताउँछन् ।

सामान्यत एप्पलले आफ्ना आईफोनहरु सेप्टेम्बरको तेस्रो हप्ता वरपर शुक्रबारको दिन गर्ने गरेको छ ।

यसैबीच एप्पल पारखीहरुले आईफोन थर्टिनमा कस्ता फिचर आउलान् भनेर चासो दिन थालिसकेका छन् । याे वर्षकाे सेप्टेम्बर महिनामा सार्वजनिक हुने नयाँ सिरिजका फिचरबारे हल्ला र अनुमान भइरहेका छन् ।

थर्टिन सिरिजले वाईफाई सिक्स ई स्ट्याण्डर्डलाई सपोर्ट गर्नेबारे धेरैजसाे मिडियाले समाचार बनाइसकेका छन् । यसैबीच हालै एप्पलको अपकमिङ सिरिजमा १२० हर्ज रिफ्रेस रेट सहित अल्वेज-अन डिस्प्ले फिचर समावेश हुने खबर आएको छ ।

यो समाचारले आईफोनप्रेमीलाई थप उत्साहित बनाएको छ । यसअघि एप्पलकाे उत्पादन एप्पल वाच सिरिज फाइभ र सिक्समा मात्रै अल्वेज-अन डिस्प्ले फिचर रहेको थियो ।

एप्पलबारे नयाँ सूचना दिने युट्युब च्यानल एभ्रिथिङ एप्पल प्रोले नयाँ फिचर समेटेर भिडियो तयार पारेको छ । सो भिडियोमा लिकस्टर म्याक्स वेनबकलाई स्रोतको रुपमा उल्लेख गर्दै आईफोन थर्टिनमा अल्वेज-अन डिस्प्ले समावेश हुने जनाइएको छ ।

अल्वेज-अन डिस्प्ले फिचर धेरैजसाे एन्ड्राेइड फाेनमा उपलब्ध छ । याे फिचरले फाेन स्लिप माेडमा भएकाे अवस्थामा पनि सूचनाकाे नाेटिफिकेशन दिन्छ । याे फिचरले डिफल्ट रूपमै समय, मिति र ब्याट्रीकाे अवस्थाकाे जानकारी दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४