close

बिजुलीको पोल सार्दा इन्टरनेटको तार नकाटिने

टेकपाना टेकपाना

फागुन १४, २०७७ २०:४६

बिजुलीको पोल सार्दा इन्टरनेटको तार नकाटिने

काठमाडौं । सडक विस्तार एवं विद्युतको पोल सार्ने समयमा इन्टरनेट र केबल टेलिभिजनको तार काटिने गरेकाे गुनासाे इन्टरनेट सेवा प्रदायकले गर्छन् । यसले इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सेवाप्रदायकका लागि खर्चको भार बढ्छ ।

यसैबीच कीर्तिपुर नगरपालिकाले कीर्तिपुर रिङरोडमा सडक स्तरोन्नति कार्य सम्पन्न गरी केही दिनमा विद्युतको पोल सडक किनारामा सार्न विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । यो प्रक्रियामा पुरानो पोलमा जोडिएका इन्टरनेट, केबल टेलिभिजन लगायतका तार नकाटिकनै व्यवस्थापन गर्नेबारे इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपान) र कीर्तिपुर नगरपालिकाबीच छलफल भएको छ ।

बन्चिङ लगायतका उचित विकल्प प्रयोग गरी तार व्यवस्थापन गरिने विषयमा छलफल भएकाे आईएसपानका सीईओ सुवास खड्काले बताए । उनका अनुसार इन्टरनेट सेवा अवरुद्ध नहुने गरी तार व्यवस्थापन गर्न सबै सराेकारवाला एकमत छन् ।

यसअघि आईएसपानले काठमाडौं महानगरपालिका अन्तर्गत २२ र २५ नम्बर वडामा तार व्यवस्थापनका लागि नयाँ उपाय अपनाउनेबारे छलफल गरेकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४