close

एनसेलले एक जना ग्राहकबाट कति कमाउँछ ?

टेकपाना टेकपाना

फागुन १५, २०७७ ८:१४

एनसेलले एक जना ग्राहकबाट कति कमाउँछ ?

काठमाडौं । एनसेल आजियाटा लिमिटेड नेपालकै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी हो । आम्दानी र नाफामा त झन् एनसेल सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमभन्दा पनि अगाडि छ ।

तर भाइबर, ह्वाट्सएप, म्यासेञ्जर जस्ता ओटीटी सेवाको प्रयोग बढ्दा पछिल्लो समय दूरसञ्चार कम्पनीहरुले भ्वाइस कलमार्फत गर्दै आएको ठूलो आम्दानी तथा नाफा लगातार रुपमा गुमाउँदै गएका छन् । एनसेलले सन् २०१९ को तुलनामा २०२० मा मात्र करिब सवा १२ अर्ब आम्दानी गुमाएको छ ।

पछिल्लो वर्षमा कम्पनीको कूल आम्दानी ४१ अर्ब ९२ करोड ८० लाख तथा नाफा ३ अर्ब ५ करोड ५० लाख रुपैयाँ मात्र रह्यो । एक करोड ५७ लाख २५ हजार ग्राहक रहेको एनसेलले प्रति ग्राहकबाट कति कमाउँछ त ?

कम्पनीको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार एनसेलले मासिक औषत रुपमा प्रति ग्राहकबाट २१४ रुपैयाँ आम्दानी गर्दै आएको छ । जसमा पोस्टेपेड ग्राहकबाट मासिक औषत २९६ रुपैयाँ तथा प्रिपेड ग्राहकबाट मासिक औषत २१२ रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति प्रयोगकर्ता आम्दानी (एआरपीयू) सन् २०१५ यता क्रमशः ३७० रुपैयाँ, ३४६ रुपैयाँ, २९८ रुपैयाँ, २८६ रुपैयाँ र २९६ रुपैयाँ रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४