close

टिकटकबाट चिनजान भएकी महिलालाई बलात्कार र लुटपाट गर्ने गुरुङ पक्राउ

टेकपाना टेकपाना

फागुन १५, २०७७ १७:५४

टिकटकबाट चिनजान भएकी महिलालाई बलात्कार र लुटपाट गर्ने गुरुङ पक्राउ

विराटनगर । पछिल्लो समय हरेक अपराधका पछाडि कतै न कतै सामाजिक सञ्जाल जोडिने गरेको पाइन्छ । सामाजिक सञ्जालको गलत प्रयोगसँगै अपराधका नयाँ स्वरुप आइरहेका छन् ।

हालै प्रहरीले करणीपछि लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ती आरोपित हुन्, कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लोकप्रिय एप टिकटकबाट चिनजान भएकी इटहरीकी एक महिलासँग इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा उनले २ दिन बिताए । तर युवती बाथरुममा नुहाउन गएको बेला युवतीको गरगहना र पैसा लिएर उनी फरार भए ।

माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो । साे जाहेरीपछि इलाका प्रहरी कार्यालय इटहरीले गुरुङलाई पक्राउ गरेकाे हाे ।

इटहरीकी युवतीलाई ठगेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जार्दै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीको दावी छ । उनले अपराध गरेकाे स्वीकार गरिसकेकाे प्रहरीले जनाएकाे छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसले विकृति पनि ल्याइरहेको छ । गलत नियत राखेर केही व्यक्तिहरुले फाइदा लुट्न सक्ने भएकाले यसको प्रयोग गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४