close

पिक्सेल टचका डिजिटल डिस्प्ले र क्यामेरा अब पोखरामा पनि

टेकपाना टेकपाना

फागुन १६, २०७७ १६:६

पिक्सेल टचका डिजिटल डिस्प्ले र क्यामेरा अब पोखरामा पनि

काठमाडौं । डिजिटल बोर्ड, डिजिटल मार्केटिङ, भिडियो वाल डिस्प्ले, एलईडी डिस्प्ले लगायतका सेवा उपलब्ध गराउँदै आएको ‘पिक्सेल टच’ ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।

काठमाडौंको सतुङ्गलमा केन्द्रीय कार्यालय रहेको पिक्सल टचले आइतबारदेखि पोखरामा सेवा सुरु गरेको हो ।

त्यसका लागि कम्पनीले पोखराको रिजनल म्यानेजरमा ई. हेमन्त शर्मालाई नियुक्त गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक सविन अधिकारीले सम्पूर्ण सेवालाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउने योजनाका साथ पिक्सल टचको सुरुवात गरिएको बताए ।

उनका अनुसार कम्पनीले आउटडोर र इनडोर एलसीडी, एलईडी डिस्प्ले उत्पादनहरू र कर्पोरेट बैठकको लागि उच्च गुणस्तरको वेबक्याम, माइक इन्टिग्रेसन, स्पिकर लगायतको सेवा प्रदान गर्नेछ ।

यसका साथै कम्पनीले शिक्षा क्षेत्रका लागि प्रयोग हुने गरी स्मार्ट बोर्डको सेवा पनि प्रदान गर्दै आएको छ । कम्पनी विश्वकै उत्कृष्ट ५ भित्र पर्न सफल युनिलुमिनको नेपालको आधिकारिक बिक्रेता पनि नियुक्त भइकसकेको प्रबन्ध निर्देशक अधिकारले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४