close

हरेक वित्तीय संस्थाले सीएसआरको ५ प्रतिशत रकम विद्युतीय कारोबारको प्रवर्द्धनमा खर्च गर्नुपर्ने

टेकपाना टेकपाना

फागुन १६, २०७७ १८:२५

हरेक वित्तीय संस्थाले सीएसआरको ५ प्रतिशत रकम विद्युतीय कारोबारको प्रवर्द्धनमा खर्च गर्नुपर्ने

काठमाडौं । अब हरेक बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तीमा ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनका लागि खर्च गर्नुपर्ने भएकाे छ ।

आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै विद्युतीय कारोबारको प्रवर्द्धनका लागि वित्तीय संस्थाले गर्नुपर्ने खर्चको न्यूनतम सीमा तोकेको हो ।

बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तीमा ५ प्रतिशत रकम विद्युतीय काराेबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने, यदि त्यसो नगरिएको खण्डमा ऐन अनुसार काराबाही गरिने साे साे निर्देशिकामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४