close

आईफोन १३ मा कुनै पोर्ट नहुने संकेत

टेकपाना टेकपाना

फागुन १७, २०७७ २०:५८

आईफोन १३ मा कुनै पोर्ट नहुने संकेत

काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन सिरिज १३ सार्वजनिक गर्ने खबर आएसँगै अहिले बजारमा यसको फिचरलाई लिएर विभिन्न हल्लाहरु चल्न थालिसकेको छ । कम्पनीले यस फोनमा लाइटनिङ कनेक्सनलाई हटाएर एउटा पोर्टलेस फोन बनाउन हल्ला पनि चलिरहेको छ ।

भर्खरै यसबारे एप्पल सोफीबाट थप विस्तृत जानकारी प्राप्त भएको छ । एप्पलका हार्डवेयर तथा सफ्टवेयर इन्जिनियरहरुले इन्टरनेटमा आईफोन रिकभर गर्ने विधिहरु खोज्दैछन् । जसमा कुनै आईफोनलाई रिसेट गर्न कुनै भौतिक केबलको सट्टा वाईफाई वा ब्लुटुथ प्रयोग गर्ने बताइएको छ ।

अहिलेसम्म आईफोन डिभाइस टर्नअन भएर र यसको सफ्टवेयर करप्ट भयो भने तपाईंले यसलाई म्याक वा पीसीसँग जोड्नुपर्नेछ । तर, नयाँ सिस्टम आइसकेपछि यस प्रकारको फिजिकल कनेक्सन आवश्यक पर्ने छैन ।

त्यसको सट्टा आईफोनले ब्लुटुथ वा वाईफाईबाट एक प्रकारको हेल्प सिग्नल ब्रोडकास्ट गरिदिन्छ । जसले कम्प्युटर कनेक्सनलाई इनेबल गरिदिने एप्पल सोफीको रिपोर्टमा उल्लेख छ ।

यसरी आईफोन आफैं रिकभरी प्रक्रियामा जान सक्छ । त्यसो त यो आइडियामाथि अझै पनि एप्पलले खोज गरिरहेको छ । किनभने ब्लुटुथलाई इन्जिनियरहरुले कहिल्यै पनि सुरक्षित विधि मान्दैनन् । ब्लुटुथमा एक्सेस गरेर जो कसैले तपाईंको फोन बिनाअनुमति रिसेट गरिदिन सक्छन् ।

एप्पलले यसबारे अन्तिम निर्णयमा पुगिसकेको नबताए पनि कम्पनीले लाइटनिङ पोर्टलाई हटाउनुको पछाडि यो एउटा राम्रो कारण बनेको देखिन्छ ।

याे पनि पढ्नुहाेस् : कुनै पोर्ट र बटन नभएको साओमीको कन्सेप्ट फोन, जसमा हुनेछ चारैतिर ‘वाटरफल’ डिस्प्ले

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४