close

इन्स्टाग्रामको लाइभ रुममा अब ४ जना सँगै कुरा गर्न मिल्ने

टेकपाना टेकपाना

फागुन १८, २०७७ १२:२१

इन्स्टाग्रामको लाइभ रुममा अब ४ जना सँगै कुरा गर्न मिल्ने

काठमाडौं । इन्स्टाग्रामले एकै पटक ४ जनासम्म लाइभ जान मिल्ने फिचर सार्वजनिक गरेको छ । यसअघिसम्म दुईजना व्यक्तिमात्रै लाइभ जान मिल्ने सुविधा थियो । त्यसमा परिवर्तन गर्दै कम्पनीले अब ४ जना एकैपटक लाइभ जान मिल्ने फिचर ल्याएको हो ।

यो फिचर मंगलबारदेखि विश्वव्यापी नै उपलब्ध भएको इन्स्टाग्रामले आफ्नो ब्लग पोष्टमार्फत जानकारी दिएको छ । कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्तालाई अन्य क्रियटरसँगको सहकार्यमा टक शो, पोडकास्ट जस्ता कार्यक्रम चलाउन मद्दत पुग्नेछ ।

एकैपटक धेरै जना लाइभ जानु भनेको यसले धेरै दर्शकलाई आकर्षित गर्नेछ । किनभने लाइभमा जोडिने व्यक्तिका फलोअरले लाइभ रुपमार्फत सहजै हेर्न सक्नेछन् ।

त्यस्तै जसले उक्त व्यक्तिलाई फलो गरी नोटिफिकेशन समेत अन गरेको खण्डमा नोटिफिकेशन मार्फत पनि जानकारी प्राप्त हुने हुँदा धेरै प्रयोगकर्ता जोडिन सक्ने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४