close

वर्ल्डलिङ्कको सहयोगमा कलैयाका १२ स्थानमा फ्री वाईफाई

टेकपाना टेकपाना

फागुन १९, २०७७ ६:४८

वर्ल्डलिङ्कको सहयोगमा कलैयाका १२ स्थानमा फ्री वाईफाई

काठमाडौं । बाराको कलैयालाई फ्री वाईफाई क्षेत्र घोषणा गरिएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकसँगको सहकार्यमा कलैया उपमहानगरपालिकाले सोमबार बजारका सार्वजनिक क्षेत्रलाई फ्री वाईफाई क्षेत्र घोषणा गरेको हो ।

यससँगै कलैया उपमहानगरपालिका कार्यालय परिसर, भरत चाेक, कलैया बजार, जिल्ला प्रशासन कार्यालय, कलैया अस्पताल र जिल्ला अदालत/मालपोत कार्यालयमा फ्री वाईफाई उपलब्ध भएको छ । त्यस्तै कलैया बसपार्क, राम जानकी मन्दीर, दुर्गा मन्दीर बरेवा, देवकोटा चौक, दुर्गा स्कुल चोक र मटिअर्वा भन्सार नाका गरी १२ वटा सार्वजनिक स्थानमा फ्री वाईफाई राखिएको छ ।

उपमहानगरपालिले क्रमशः वडा कार्यालय परिसर तथा अन्य सार्वजनिक स्थानमा समेत सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ । नगर प्रमुख राजेश राय यादवले बाचाअनुसार कलैया उपमहानगरपालिकालाई फ्री वाईफाई जोन बनाइएको बताए ।

‘सूचना प्रविधिको प्रविधिको अहिलेको समयमा इन्टरनेट सेवा सबैलाई आवश्यक भइसकेको छ । फ्री वाईफाईले सार्वजनिक सेवा तथा सूचना प्राप्तिमा समेत सहज बनाउने विश्वास लिएका छौं,’ उनले भने । फ्री वाईफाई क्षेत्रमा प्रयोगकर्ताले प्रतिदिन ९० मिनेटसम्म प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४