close

बहुप्रतिक्षित वानप्लस ९ सिरिज फागुन २४ मा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

फागुन १९, २०७७ ७:५६

बहुप्रतिक्षित वानप्लस ९ सिरिज फागुन २४ मा सार्वजनिक हुँदै

काठमाडौं । बहुप्रतिक्षित वानप्लस ९ सिरिजका स्मार्टाफोन यही मार्च ८ तारिख अर्थात फागुन २४ गते सोमबार सार्वजनिक हुने भएको छ । लामो समयदेखि वानप्लस ९ सिरिजका स्मार्टफोन सार्वजनिक हुने मितिको विषयमा विभिन्न चर्चा चल्दै आएको थियो । तर, अब भने कम्पनीले नै यो फोन मार्च ८ मा सार्वजनिक हुने जानकारी दिएको हो ।

वानप्लसका सीईओ पेटे लाउले ट्वीटरमा ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले उक्त ट्वीटमा वानप्लस ९ सार्वजनिक हुने विषयमा भने केही बोलेका छैनन् । ‘स्टे ट्युन फर मार्च एट’ भन्दै उनले एउटा फोटा शेयर गरेका छन् । जसमा लेखिएको छ, ‘सम्थिङ न्यू इन होराइजन ।’

यसकारण उक्त दिन वानप्लस ९ सिरिजका स्मार्टाफोन सार्वजनिक हुने आँकलन गरिएको छ । यसअघि बाहिरिएका जानकारी अनुसार याे सिरिजमा कम्पनीले वानप्लस ९ र वानप्लस ९ प्रो गरी दुई वटा फोन सार्वजनिक गर्नेछ ।

जसमा क्वालकमको पछिल्लो प्रोसेसर क्वालकम स्न्यापड्रयागन ८८८ चिपसेट प्रयोग हुनेछ । फाेनमा १४४ रिफ्रेस रेटसहित ६.७ इन्चको डिस्प्ले रहेकाे छ । त्यस्तै ह्यासलब्लाडको क्यामेरा रहने बताइएकाे फोनमा ५ हजार एमएएचको ब्याट्री रहने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४