ट्रेन्डिङ:
एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम यसरी आफैं समाधान गर्नुहोस् स्मार्टफोनमा देखिने समस्या तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? राम्रो इन्टरनेट स्पिडका लागि कहाँ राख्ने राउटर ? आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? ट्वीटरको स्वामित्व लिनुअघि एलन मस्कले बेचे ८.५ अर्ब डलर बराबरको टेस्लाको शेयर एन्ड्रोइड भर्सेस आईओएसः अब्बल कुन ? अवैध क्रिप्टोकरेन्सी पीआई माइनिङ गर्ने एप नेपालको ट्रेण्डिङमा, अनुसन्धानको तयारीमा सीआईबी आफ्नो स्थानीय तहको मोबाइल एप डाउनलोड गर्नुभयो त ? विद्यालयमा ई-एटेन्डेन्स, गेटमा विद्यार्थी पुग्ने बित्तिकै अभिभावकलाई एसएमएस पुग्ने
close

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

टेकपाना टेकपाना

फागुन १८, २०७७

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले वाईफाई सिमका लागि नयाँ प्याकेज ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा धेरै डेटा प्रयोग गर्न सकिने गरी होम नेट अल्ट्रा, होम नेट सुपर र होम नेट म्याक्स गरी तीन वटा प्याकेजमा यस्तो सुविधा ल्याएको हो ।

तर यो सेवा कम्पनीका विद्यमान प्रयोग भइरहेका सिमकार्डमा भने लिन सकिने छैन । यसका लागि छुट्टै सिमकार्ड आवश्यक पर्नेछ । फोरजी नेटवर्क कभरेज भएको सबै स्थानमा यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

होम नेट अल्ट्रा प्याकेज अन्तर्गत कम्पनीका ग्राहकले दुई वटा सिमको साथमा ५०० रुपैयाँ रिचार्जमा मेन सिममा २५ जीबी डेटा तथा अर्को सिममा ५ जीबी डेटा र २०० मिनेट टकटाईम प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त डेटा मोबाइलमा हटस्पट बनाएर परिवारका अन्य सदस्यले समेत प्रयोग गर्न सक्नेछन् ।

यस्तो सिम कार्डका लागि थप पैसा भने नलाग्ने कम्पनीले जनाएको छ । होम नेट सुपर प्याकेज अन्तर्गत ग्राहकले २ वटा सिम कार्ड र एउटा राउटर निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त एउटा सिम राउटरमा राख्नुपर्नेछ । जसमा ७०० रुपैयाँ रिचार्ज गर्दा एक महिनासम्म प्रयोग गर्न सकिने गरी मेन सिममा ४० जीबी डेटा तथा अर्को सिममा २०० मिनेट टकटाइम र ५ जीबी डेटा उपलब्ध हुनेछ ।

यसैगरी होम नेट म्याक्स अन्तर्गत समेत २ वटा सिम र एउटा राउटर निःशुल्क प्राप्त गर्न सकिनेछ । जसमा ९०० रुपैयाँ रिचार्ज गर्दा मुख्य सिममा ६० जीबी डेटा तथा अर्को सिममा १० जीबी डेटा र २०० मिनेट टकटाइम पाइनेछ ।

यस्तो प्याकेजको अवधि एक महिनाको रहेको छ । ग्राहकले नियमित रुपमा सेवा प्रयोग गर्न हरेक महिना प्याकेज अन्तर्गतको शुल्क रिचार्जमार्फत भुक्तानी गर्नुपर्नेछ ।

एनसेलको यस किसिमको अफर प्राप्त गर्न नजिककैको एनसेल सेन्टरमा सम्पर्क राख्नुपर्नेछ । एनसेलका ग्राहकले ९००८ तथा अन्य कम्पनीका प्रयोगकर्ताले ९८०९००८००० मा कल गरी यो सेवाको विषयमा थप जानकारी लिन सक्नेछन् ।