close

अब थोरै शुल्कमा टिभी हेर्न पाइने

टेकपाना टेकपाना

फागुन १८, २०७७ २०:४४

अब थोरै शुल्कमा टिभी हेर्न पाइने

काठमाडौं । प्रभु डिजिटल अन्तर्गत सञ्चालित प्रभु टिभीले ग्राहकलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । देशका विभिन्न स्थानमा टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको प्रभु टिभीले सस्तो मूल्यमा टेलिभिजन सेवा उपलब्ध गराउने भएको हो ।

त्यसका लागि कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको मूल्यलाई कटौती गरेको छ । कम्पनीका अनुसार अब ग्राहकले ४२ सय रुपैयाँमै वर्षभरी २ सय ५० भन्दा बढी च्यानल भएको प्रभु टिभी हेर्न सक्नेछन् । यसअघि यो प्याकेज ५५ सय रुपैयाँमा उपलब्ध थियो । जसमा २ हजार रुपैयाँ पर्ने सेट-टप बक्स र ३५ सय रूपैयाँ वार्षिक रिचार्ज थियो ।

तर अब कम्पनीले १३ सय रुपैयाँ कम गर्दै मात्र ४२ सयमा दुवै सेवा उपलब्ध गराउने भएको हो । यसका साथै ६ महिनाको प्याकमा पनि परिवर्तन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब ३४ सय रुपैयाँमै ६ महिनासम्म टेलिभीजन हर्ने सकिने छ ।

यसअघि मूल्यमा ४ सय रुपैयाँले घटाउँदै कम्पनीले ३४ सयमा यो सेवा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार सामान्य अवस्थमा ६ महिनाको जडान शुल्क ३८ सय रूपैयाँ रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४