close

१० विद्यार्थीमध्ये ४ जनामा स्मार्टफोनको लत

टेकपाना टेकपाना

फागुन १९, २०७७ ११:१५

१० विद्यार्थीमध्ये ४ जनामा स्मार्टफोनको लत

काठमाडौं । पछिल्लो समय स्मार्टफोनको प्रयोग यसरी बढेकाे छ कि, बिहान उठेदेखि राति सुत्नुअघिसम्म मानिसहरु यसकै वरिपरी हुन्छन् । मोबाइलमाथि आफ्नो स्वामित्व र स्वतन्त्रताका कारण यसको प्रयोग गर्न कसैले अंकुश लगाउन सक्दैनन् । यस्तो अवस्थामा विश्वविद्यालयका विद्यार्थीहरु अर्थात् युवावस्थाका स्मार्टफाेन प्रयाेगकर्ताहरूमा यसकाे लतकाे समस्या देखिएकाे छ ।

हालै भएकाे एक अध्ययनअनुसार विश्वविद्यालयका १० जना विद्यार्थीमध्ये ४ जनामा स्मार्टफोनको लत काे समस्या भाेगेका छन् । बेलायतस्थित लण्डनको किङ्स कलेजका १८ देखि ३० वर्षसम्मका १ हजार ४३ जना विद्यार्थीमा गरिएको सर्वेक्षणले ३८.९ प्रतिशत अर्थात ४ सय ६ जनामा स्मार्टफोनको लतको लक्षण देखिएको छ ।

स्मार्टफाेनकाे लतमा परेका विद्यार्थीमा मुख्यगरी अनिद्राकाे समस्या देखिएकाे छ । सर्वेक्षण अनुसार दुई तिहाई अर्थात् ६८.७ प्रतिशत विद्यार्थीमा सुताईकाे समस्या देखिएको हाे । मध्यरात अथवा दिनमा ४ घण्टाभन्दा बढी मोबाइल फोन चलाउने विद्यार्थीमा मोबाइल डिभाइसको लत हुने विश्लेषण साे अध्ययनले गरेकाे छ ।

अध्ययनले मोबाइल डिभाइसमा बिताउने समयलाई नियन्त्रर्ण गर्न विद्यार्थीहरु असफल भइरहेको निश्कर्ष निकालेकाे छ । उनीहरुमा आफ्नो मोबाइल नभएको अवस्थामा ‘डिप्रेस्ड’ हुने समस्या देखिएको छ ।

यस्ताे लतकाे समस्या किशाेर वा कम उमेरका प्रयाेगकर्तामा बढी रहेकाे पनि साे अध्ययनले उल्लेख गरेकाे छ ।

अध्ययन अनुसार एसियाली विद्यार्थीमध्ये ४५.५ प्रशितमा स्मार्टफोनको लत देखिएको छ । कालाे वर्णका विद्यार्थीमध्ये ४१.९ प्रतिशत, गहुँगोरो विद्यार्थीमध्ये ३८ प्रतिशत र गाेराे वर्णका विद्यार्थीमध्ये ३२.३ प्रतिशतमा स्मार्टफोनको लत देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४