close

खल्तीमै आईफोन पड्किएपछि एप्पलविरुद्ध मुद्दा

टेकपाना टेकपाना

फागुन १९, २०७७ १४:४२

खल्तीमै आईफोन पड्किएपछि एप्पलविरुद्ध मुद्दा

काठमाडौं । आफ्नो खल्तीमा राखिएको आईफोन पड्किएपछि अष्ट्रेलियाका एक नागरिकले एप्पल विरुद्ध मुद्धा दायर गरेका छन् । उनले सन् २०१९ मा आफ्नो खल्तीमा भएको आईफोन एक्स पड्किदा अस्पतालमा भर्ना भएको र यो विषयमा एप्पलले कुनै प्रतिक्रिया नदिएकाले अहिले मुद्दा दायर गरेका हुन् ।

रोबर्ट डी रोज नाम गरेका ती व्यक्ति मेलबोर्नका एक वैज्ञानिक हुन् । उनले दायर गरेको मुद्दामा भनिएको छ, ‘म अफिसमा काम गरिरहेको बेला एक्कासी केही पड्किएको जस्तो आवाज आयो र मेरो दाहिने खुट्टामा दुखाई महसुस भयो, जहाँ मैले आईफोन राखेको थिएँ । मैले त्यहाँ हेर्दा मेरो लुगाको सानो भाग खरानी भएको थियो भने छाला पनि निस्केको थियो ।’

His iPhone X from his pocket was just over a year old when the incident occurred.
Photo Credit: 7NEWS

जसले गर्दा उनी अस्पताल नै भर्ना भएका थिए । यो विषयमा रोबर्टले सुरुमा सिधै एप्पललाई रिपोर्ट गरेका थिए । लामो समयसम्म पनि कम्पनीबाट कुनै प्रतिक्रिया आएन । उनले के कारणले उक्त आईफोन एक्स पड्किएकाे थियो भनी कम्पनीसँग सोधेका थिए ।

त्यसको पनि कुनै जानकारी कम्पनीले दिएन । यसरी कम्पनीबाट कनै प्रतिक्रिया नआएसँगै अहिले उनले अदालतमा मुद्दा दायर गरेका हुन् ।

The Melbourne man suffered second-degree burns to his thigh.
Photo Credit: 7NEWS

अर्का एप्पल प्रयोगकर्ताले पनि एप्पलविरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नाे नाडीमा लगाएको एप्पल वाच धेरै तात्तिएर पड्किएकाे भन्दै उनले मुद्दा दायर गरेका हुन् । योसँगै एप्पलविरुद्ध अष्ट्रेलियमा एकैपटक दुई वटा मुद्दा दायर भएको सेभेन न्युजले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१