महिलाहरूले प्रयोग गर्ने सामानमा ५० प्रतिशत छुट दिँदै ग्यापु

काठमाण्डौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली कार्य र सौन्दर्य पहिचान गर्न विशेष अफर ल्याएको छ । यस अवसरमा ग्यापुले महिलाहरुलाई विभिन्न सामानमा छुट प्रदान गर्ने, सरप्राइज गिफ्ट दिने लगायतका लगायतका अफर ल्याएकाे छ ।

यसका लागि #womensdaywithgyapu मा भाग लिएर आर्कषक उपहार तथा छुट पाउन सकिन्छ । महिलाहरुको योगदानलाई कदर गर्दै ग्यापुले नारी दिवस विशेष योजना बनाएको कम्पनीका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले बताए ।

ग्राहकले उल्लेख गरेका महिलाहरुले सरप्राइज उपहारहरु पाउनेछन् । अफरका सहभागीले ग्यापुको फेसबुक र इन्स्टाग्राम पेजमा गएर फलो गर्नुपर्ने र ग्यापु मार्केटप्लेसको एपलाई मोबाइलमा डाउनलोड गर्नुपर्ने बताइएको छ ।

नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानहरुमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै ब्युटी तथा कस्मेटिक सामान र मिनिसोका सामानहरुमा भारी छुट दिइने बताइएको छ ।

यसबाहेक पनि ग्यापुबाट शपिङ गर्दा ‘स्ट्रङगर वुमन’ को कुपन कोड प्रयोग गरी रु. २०० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team