close

त्रिविका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा

टेकपाना टेकपाना

फागुन १९, २०७७ १६:२

त्रिविका हरेक परीक्षा अब सीसी क्यामेराको निगरानीमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । त्यसका लागि विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएकाे छ ।

साे सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ ।

सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ । त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने साे सूचनामा उल्लेख छ ।

सीसीटीभी नराखेकाे खण्डमा त्यस्ताे परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१