close

नेपाल भित्रिने तयारीमा ओप्पो एफ१९ प्रो

टेकपाना टेकपाना

फागुन १९, २०७७ १७:३०

नेपाल भित्रिने तयारीमा ओप्पो एफ१९ प्रो

काठमाडौं । ओप्पोले आउँदो सोमबार भारतमा आफ्नो नयाँ फ्ल्यागशिप मोडल ओप्पो एफ१९ प्रो सार्वजनिक गर्दै छ । यो फोन नेपाली प्रयोगकर्तामाझ पनि छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ओप्पो एफ१९ सर्वाधिक लोकप्रिय सिरिज भएकाे कम्पनीकाे दाबी छ । यो सिरिजको फोन कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो । त्यही सिरिजमा प्रयोगकर्तालाई थप नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ एफ१९ प्रो भित्र्याउने तयारी भएकाे हाे ।

कम्पनीका अनुसार अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक प्रविधिका साथ याे फाेन निर्माण गरिएकाे छ । याे फाेन एन्ड्रोइड ११ मा रन हुनेछ भने प्राेसेसरकाे रूपमा मिडियाटेक एमटी६७७९भी हेलियो रहेकाे छ ।

फोनमा चार वटा क्यामेरा रहेको छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगा पिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ लेन्स रहेकाे छ । त्यस्तै सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको क्यामेरा रहने छ ।

यो फोन ६ र ८ जीबी र्‍याम तथा १२८ र २५६ जिबी इन्टर्नल स्टाेरेज अप्सनमा किन्न सकिनेछ । ब्याट्रीकाे कुरा गर्दा फाेनमा ४३१० एमएएचको ब्याट्री रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१