close

पूर्वाधार कम्पनी नहुँदा इन्टरनेट सेवा महंगो भयोः सञ्चारमन्त्री

टेकपाना टेकपाना

फागुन २०, २०७७ १३:५

पूर्वाधार कम्पनी नहुँदा इन्टरनेट सेवा महंगो भयोः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी नहुँदा इन्टरनेट सेवा महंगो भएको बताएका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पूर्वाधार कम्पनी तत्कालै आवश्यक भएको बताएका हुन् ।

उनले लामो समयदेखि दूरसञ्चार सहप्रयोग चर्चाको विषय बन्दै आएको भएतापनि कायान्वयनमा नआउँदा नेपालको इन्टनेट सेवा नै महंगो भएको बताए । उनले ग्रामिण दूरसञ्चार विकास कोषको रकम पनि ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा प्रयोग हुँदा पनि इन्टरनेटको मुल्यमा असर परिरहेको गुनासो गरेका छन् ।

हाल एउटै कम्पनीले पूर्वाधार निर्माण र सेवा प्रवाह गर्दै आएको छ । यसले दूरसञ्चार सेवा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली, २०७४ जारी गरेको थियो ।

जसमा दूरसञ्चार सहप्रयोगका लागि दुई छुट्टै कम्पनी ल्याउने र उक्त कम्पनीलाई नेटवर्क विस्तारको काम गर्ने गरी जिम्मा दिने भनी उल्लेख गरिएको छ ।

तर, मन्त्री गुरुङले भने एउटै कम्पनी त्यो पनि नेपाल टेलिकमको नेत्रित्वमा ल्याउने आसय कार्यक्रममा व्यक्त गरेका छन् । ‘सरकारले एउटा बनाउन खोजको छ,’ मन्त्री गुरुङले भने, ‘तर निजी सेवा प्रदायकले दुई ओटा बनाउनु पर्ने माग गरिरहेका छन् । त्यसैले यसमा आवश्यक छलफल गरी चाँडै प्रक्रिया अघि बढाइने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१