close

सकीनसकी हामी फाइभजीको विश्व प्रतिस्पर्धामा दौडिनैपर्ने छः सञ्चारमन्त्री

टेकपाना टेकपाना

फागुन २०, २०७७ १३:३२

सकीनसकी हामी फाइभजीको विश्व प्रतिस्पर्धामा दौडिनैपर्ने छः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सकीनसकी भएतापनि नेपाल फाइभजीको विश्व प्रतिस्पर्धामा जानुपर्ने बताएका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ फाइभजी अबको आवश्यक्ता भएको बताए ।

उनले फोरजी सेवा नै देशभर बिस्तार भइनसकेको भएतापनि फाइभजीलाई पनि अबका दिनमा सँगै अघि बढाउने पर्ने बताएका हुन् ।

‘फोरजी विस्तारको काम अझै चलिरहेको छ,’ मन्त्री गुरुङले भने, ‘यो भन्दैमा फाइभजीको विषयमा नसोच्ने भन्ने हुँदैन । फाइभजीको विश्व प्रतिस्पर्धामाबाट आज हामी पछि पर्‍यौं भने सँधै पछाडी पर्छौ ।’

अब फोरजीको समिक्षा गर्दै फाइभजीको कार्यान्वयन गर्न आवश्यक छ । मन्त्री गुरुङले भने, ‘त्यसैले देशका चार सहरमा चाँडै फाइभजी परिक्षणका लागि तयारी भइहरेको समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१