close

मेन क्यामेरालाई नै घुमाएर चलाउन मिल्ने फोन निर्माणको तयारीमा साओमी

टेकपाना टेकपाना

फागुन २०, २०७७ १६:१७

मेन क्यामेरालाई नै घुमाएर चलाउन मिल्ने फोन निर्माणको तयारीमा साओमी

काठमाडौं । साओमीले पप-अप भएर घुम्ने किसिमको क्यामेरा फोन निर्माण गर्ने भएकाे छ । यसका लागि कम्पनीले हालै नयाँ प्याटेन्ट अधिकार दर्ता गरेको छ ।

याे प्रविधिको मुख्य फाइदा भनेको स्मार्टफोन निर्माताले एउटा सिङ्गो स्क्रिन डिस्प्ले बनाउन सक्छन्, जसमा सेल्फी क्यामेराका लागि कुनै प्वाल वा नच (Notch) का लागि ठाउँ तयार गरिरहनु पर्दैन ।

त्यसो त साओमीका लागि पप-अप क्यामेरा मोड्युल कुनै नौलो कुरा होइन । उसले यसअघि पनि विभिन्न रोचक क्यामेरा प्रविधिको प्याटेन्ट अधिकार पाइसकेको छ । साओमीले यसअघि रोटेटिङ तथा पिभट (pivot) क्यामेरा सिस्टमलाई पनि प्रयाेगमा ल्याइसकेकाे छ ।

हालैको नयाँ प्याटेन्टका लागि भने साओमीले संयुक्त राज्य अमेरिकास्थित प्याटेन्ट एन्ड ट्रेडमार्क अफिसमा २०१९ को अन्त्यमा दर्ता आवेदन दिएको थियो । यसको डकुमेन्टेशन भने गत फेब्रुअरी १८ मा सार्वजनिक भएको हो ।

यस किसिमको क्यामेरा स्मार्टफोनमा एसेम्बल भएपछि साओमीको स्क्रिन खुला र ठूलो हुनुका साथै साँघुरो स्क्रिन एजहरु बन्ने छन् । यसमा फ्रन्ट फेसिङ सेल्फी क्यामेरा त हुने छैन, तर बेजलमा रिसिभर भने हुनेछ ।

यसमा फ्ल्याससहित क्यामेरा हाेरिजेन्टल्ली मिलेर बसेको हुन्छ । क्यामेरालाई सेल्फीका लागि प्रयोग गर्न प्रयोगकर्ताहरुले मोड्युललाई माथि उठाएर वरिपरी घुमाउनुपर्ने हुन्छ ।

यसरी मेन क्यामेरालाई नै घुमाउन सकेपछि प्रयोगकर्ताहरुले अन्य रियर क्यामेराले प्रदान गर्नेभन्दा राम्रो गुणस्तरको तस्वीर पाउन सक्छन् । नच तथा प्वालहरुले स्क्रिन डिस्प्लेलाई फोहोर पारेको सोच्ने प्रयोगकर्ताहरुले अब स्क्रिन सफा र खुल्ला पाउनेछन् ।

तर अचम्मको कुरा के छ भने साओमीले यति धेरै प्याटेन्टलाई एक्सप्लोर गरिसकेपछि यो प्रविधिको प्रयोग गरेर निर्माण गरेका उसँग एउटा पनि प्रविधि छैन । अहिले अवधारणामा केन्द्रित भएपनि उसले भावी दिनमा यस्तो प्रविधिको प्रयोग गर्ने अपेक्षा गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१